Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिटिजन्स बैंकको प्रदेश ५ को प्रादेशिक कार्यालय नेपालगञ्जमा

२०७५ पुष २२ गते

बैंकिङ खबर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पौष २२ गते प्रदेश नं ५ को प्रादेशिक कार्यालय नेपालगञ्जमा स्थापना गरेको छ । उक्त कार्यालयको आरम्भ समारोहमा प्रदेश ५ का उच्च पदस्थसरकारी कर्मचारी, उद्योगी, व्यापारी, संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

उक्त प्रादेशिक कार्यालयले प्रदेश ५ अन्तर्गत बैंकका ११ वटा शाखाहरु(बढैेयाताल,बंगलाचुली, भुमही, भुमे, बुटवल, छहरा, घोराही, झिमरुक, नेपालगञ्ज,सानोश्री तथा सिद्धार्थनगर) बाट व्यापारका साथै शाखाहरुसंगको समन्वय, निगरानी, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो सम्पादन गर्ने विश्वास बैंकले लिएको छ ।

प्रदेश ५ मा रहेका १३ जिल्लामध्ये ७ वटा जिल्लामा बैंकको पहुँच रहेको छ । यस प्रदेशमा बैंकले करिव ४० हजार ग्राहकलाई  बैंकिङ सेवा प्रदान गर्दै आएको छ । यस अगावै बैंकले प्रदेश १ को प्रादेशिक कार्यालय बिराटनगरमा, प्रदेश २ को प्रादेशिक कार्यालय बीरगञ्जको आदर्शनगरमा र प्रदेश ४ को प्रादेशिक कार्यालय पोखराको सिमलचौरमा स्थापना गरिसकेको छ । 

हाल बैंकले ८१ वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट करिव चार लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।        

, 


                                                            
 

Ad