Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सुुर्खेतको बोटेचौरमा सांग्रिला डेभलपमेन्ट बैंकको शाखा विस्तार 

२०७५ पुष २० गते

बैंकिङ खबर । सांग्रिला डेभलपमेन्ट बैंकले सुुर्खेत जिल्लाको गुुर्भाकोट न.पा. स्थित बोटेचौरमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक अच्युुत प्रसाद प्रसाई तथा गुुर्भाकोट न.पा.का मेयर हस्त बहादुुर पुुनले संयुुक्त रुपमा गरे । 

सो अवसरमा बाल्दै प्रमुुख अतिथी मेयर पुुनले उक्त क्षेत्र कृषिको लागि निकै सम्भावना भएको उल्लेख गर्दै बैंकले कृषिमा लगानी गरि सो क्षेत्रको विकासमा सहयोग पुुर्याउनुु पर्ने विचार ब्यक्त गरे ।

बैंकले स्थानीय विकासको आधार भन्ने आफ्नो मुुलमन्त्रलाई आत्मसाथ गर्दै सुुविधा सम्पन्न स्थानमा मात्र नभएर विकट ग्रामिण क्षेत्रका जनताहरु बिच आधुुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै देशभर शाखा संजाल विस्तार गरि सम्पूर्ण नेपालीमा सर्व सुलभ बैंकिङ्ग सुविधाको पहुुंच पुुर्याउने बैंकको लक्ष्य रहेको बैकका प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठले बताए ।

बैंकले हालसम्म सातवटै प्रदेशमा गरि शाखा संख्या ७७, तथा २३  वटा एटीएम मार्फत करिब २ लाख ५६ हजारभन्दा बढी ग्राहकहरुलाई आधुुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
 

Ad