बैंकिङ खबर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पौष २० गते कैलालीको मोहन्यालमा नयाँ शाखा कार्यलय संचालनमा ल्याएको छ ।
बैंकले दुर्गम क्षेत्रमा १६ वटा शाखाहरु संचालनमा ल्याईसकेको छ । नियमनकारी निकायको निर्देशन अगावै यस बैंकले नेपालको दुर्गम क्षेत्रमा शाखाहरू विस्तार गरि सकेको थियो । दुर्गम क्षेत्रहरु हुम्लाको सिमिकोट,डोल्पा मा समेत शाखा विस्तार गरिसकेको थियो ।
हाल बैंकले ८१ बैंकिङ कार्यलय, ७५ वटा एटिएम. र ९९ वटा शाखा रहित बैंकिङ इकाई मार्फत करिव चार लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।