Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मुक्तिनाथ विकास बैंकको वार्षिकोत्सव : साताभर सामाजिक उत्तरदायित्वका कार्यक्रम 

२०७५ पुष १९ गते

बैंकिङ खबर । मुक्तिनाथ विकास बैंकले १३औँ वार्षिकोत्सव संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गतका विभिन्न कार्यक्रम गरी मनाइरहेको छ ।

सोही क्रममा विहीबार बैंकले सिराहास्थित गोलबजार र कास्कीस्थित बुढीबजार शाखा वरिपरीका टोल तथा बजारमा १०/१० वटा डस्टबीन वितरण गरेको छ । त्यस्तै, रुपन्देहीको भैरहवा र कोटिहवा शाखा तथा स्याङ्गजाको चापाकोट र गल्याङ्ग शाखाहरुले नजिकका वृद्धाश्रम तथा अनाथालयमा ब्ल्याङ्गकेट वितरण गरेका छन् । काठमाडौंको कुलेश्वर शाखाले रवि भवनको आमा घरमा खाद्यान्न वितरण गरेको छ भने उदयपुरको कटारी शाखाले त्रिवेणी माध्यामिक विद्यालयलाई स्वीटर वितरण, पर्साको वीरगञ्ज शाखाले समता विद्यालयका विद्यार्थीहरुलाई जुत्तामोजा वितरण, झापाको विर्तामोड शाखाले अरुणोदय आधारभुत विद्यालयका विद्यार्थीहरुलाई आवश्यक स्टेस्नरी सामान वितरण र सिन्धुलीको कमलामाई शाखाले श्री नवज्योति बहिरा माध्यामिक विद्यालयलाई आवश्यक स्टेसनरी सामान तथा पानी फिल्टर वितरण गरेको छ । त्यसैगरी, तनँहुको दुलेगौंडा शाखाले वि पि कम्युनिटि हस्पिटललाई १ थान पानी शुद्धिकरण मेसिन वितरण तथा क्षेत्रीय कार्यालय पोखरा अन्तर्गतका शाखा कार्यालयहरुले वास्यान वृद्धाश्रमलाई आवश्यक सामाग्री वितरण तथा वृहत रक्तदान कार्यक्रम गरेको छ । 

वार्षिकोत्सवको अवसर पारेर साताव्यापी कार्यक्रम गरिरहेको बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गतका यस्ता कार्यक्रमहरुलाई पौष २२ गतेसम्म निरन्तरता दिने बताएको छ ।

Ad