Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिटिजन्स बैंकद्धारा गण्डकी प्रदेशमा प्रादेशिक कार्यालय संचालन

२०७५ पुष १९ गते

बैंकिङ खबर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गण्डकी प्रदेशको पोखराको सिमलचौरमा प्रादेशिक कार्यालय स्थापना गरेको छ । 

गण्डकी प्रदेश अन्तर्गत बैंकका ५ वटा शाखाहरु बागलुङ, बेनी, चामे, पोखराको न्युरोड तथा सिमलचौरमा रहेका कार्यलयहरुको व्यापार बिस्तारका साथै शाखाहरुको समन्वय, निगरानी, व्यवस्थापन लगायतका कामहरु प्रादेशिक कार्यलयबाट हुने बैंकले जनाएको छ ।  यस प्रदेशमा बैंकले करिव १७ हजार ग्राहकलाई  बैंकिङ  सेवा प्रदान गर्दै आएको छ । 

कार्यालयको उद्घाटन  समारोहमा गण्डकी प्रदेशका सरकारी अधिकारी, उद्योगी, व्यापारी तथा नागरिक अगुवाहरुको उपस्थिति रहेको थियो । 

हाल बैंकले मुलुकभर ८० बैंकिङ कार्यलय, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट करिव चार लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 


                                                                        
 

Ad