बैंकिङ खबर । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संंस्था लिमिटेड बुटवलद्धारा फिल्ड कर्मचारीहरुलाईे क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । स्ंस्थाले दैनिक कारोबारलाई तिब्र गतिमा सम्पन्न गर्ने उदेश्यले दुई दिने लेखा तथा सफ्टवयर संचालनको विषयमा तालिम सम्पन्न गरेको हो । हाल संस्थाको १८ जिल्लामा संचालन भएकोे शाखा कार्यालयका ३३ जना फिल्ड कर्मचारीहरुलाई उक्त तालिम प्रदान गरेको हो ।
तालिम प्रशिक्षकहरुमा केन्द्रिय कार्यालयमा कार्यरत कर्मचारी इन्द्र बराली, इश्वरी ज्ञवाली, शर्मिला बिक र शुसिला बुढाथोकी रहेका थिए ।
संस्थाका संचालक समितीका अध्यक्ष बाबुराम विश्वकर्माको अध्यक्षता रहेको उक्त कार्यक्रममा संचालक समितीका सदस्य रेवन्त बहादुर विश्वकर्मा, केन्द्रिय कार्यालयका प्रमुख कार्यकारी अधिकृत राम पोख्रेल लगाएतले सहभागीहरुलाई तालिमले कार्यक्षमता अभिबृद्धी गर्ने र ब्यक्तिगत तथा संस्थागत लक्ष्य प्राप्तीमा सहयोग पुग्ने हुँदा तालिममा सिकेका कुराहरुलाई बास्तविक कार्यक्षेत्रमा अनुसरण गरेर जानुपर्ने कुरामा जोड दिए ।