बैंकिङ खबर । नेपाल मेडिसिटि अस्पतालले माछापुच्छ्रे बैंकका सम्पुर्ण ग्राहकलाई स्वास्थ्य सेवामा छुट दिने भएको छ । अस्पताल र बैंकबीच अस्पतालले दिने सेवामा सात प्रतिशत छुट दिने सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला र अस्पतालको तर्फबाट जनरल म्यानेजर विजय रिमालले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकका ग्राहकहरूले डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गरी बिल भुत्तानी गर्दा उक्त छुट पाउने छन् ।
हाल बैंकको ८७ वटा बैंकिङ कार्यलय, १०८ वटा एटीएम र ५१ शाखा रहित बैकिङ मार्फत आफ्ना ग्राहकहरुलाई सेवा दिदै आएको छ ।