Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नवलपरासीको गैंडाकोटमा ग्लोबल आईएमई बैंकको नयाँ शाखा विस्तार 

२०७५ पुष १७ गते

बैंकिङ खबर । ग्लोबल आईएमई बैंक लिमिटेडले पौष १६ गते नवलपरासीको बर्दघाट सुस्ता–पूर्व जिल्लाको गैंडाकोटमा नयाँ शाखा कार्यालयको औपचारिक समुद्घाटन गरेको छ । उक्त नयाँ शाखाको  औपचारिक समुद्घाटन प्रदेश सांसद कृष्णचन्द्र नेपालीले गरे । 

उक्त शाखाको औपचारिक समुद्घाटन गर्दै सांसद नेपालीले गैंडाकोटमा लगायत देशका अन्य गाँउपालिकाहरुमा ग्लोबल आईएमई बैंकले बिस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनिय टेवा पुग्ने बताए । त्यसैगरी गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले बैंकले गैंडाकोटको आर्थिक समृद्धिमा थप सहयोग गरेको जानकारी दिए । 

यसैगरी ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले सो क्षेत्रमा जम्मा भएको रकम सोहि क्षेत्रमा प्रयोग गर्ने बताउनुभयो । आफुहरु सधैँ आर्थिक समृद्धिको लागि अगाडि बढ्ने भन्दै साझेदारीको सिद्धान्तलाई आत्मासाथ गर्नु पर्ने समेत बताए । साथै गैंडाकोट र वरपरका क्षेत्रलाई इन्भेष्टमेन्ट हवको रुपमा स्थापित गर्ने लक्ष्य रहेको र ग्लोबल आइएमई बैंक सुविधा सम्पन्न स्थानमा मात्र नभएर विकट क्षेत्रमा समेत पुगेर आफ्नो सेवा प्रदान गरिरहेको जानकारी गराउँदै सबै वर्ग र क्षेत्रलाई बैंकिङ पहुँचमा ल्याउने बैंकको प्राथमिक उद्धेश्य रहेको कुरा व्यक्त गरे । 

हाल बैंकको १३३ शाखा, १४१ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ११५ शाखा रहित बैंकिङ सेवा, विदेशमा ३ प्रतिनिधि/सम्र्पक कार्यालय मार्फत आफ्ना ९ लाख ५० हजारभन्दा बढि ग्राहकहरुलाई बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । 

Ad