बैंकिङ खबर । प्रभु बैंक लिमिटेडले पुस १४ गते गोरखा जिल्लाको बारपाक सुलीकोट गाउँपालिका वडा नं. १ स्थित बारपाकमा नयाँ शाखा कार्यलयको विस्तार गरेको छ । उक्त नयाँ शाखाको उद्घाटन भुतपूर्व उप–प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले एक समारोहका विच गरे ।
उक्त नयाँ शाखा कार्यालय समुदघाटन कार्यक्रममा बोल्दै, नारायणकजी श्रेष्ठले २०७२ सालको महाभुकम्पबाट अति प्रभावित बारपाक सुलिकोट गाउँपालिकामा आप्mनो शाखा कार्यालय खोलेर सर्वसाधारणहरुलाई गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराई प्रभु बैंकले प्रशंसनीय कार्य गरेको एवं यहाँका सम्पूर्ण संघ संस्था लगायत सर्वसाधारणहरुलाई प्रभु बैंकको अत्याधुनिक बैंकिङ सेवा उपभोग गर्ने अवसर प्राप्त भएको कुरा बताए ।
त्यसैगरी, नेपाल पुननिर्माण प्राधिकारणका प्रमुख कार्यकारी अधिकृत शुसिल ज्ञवालीले २०७२ सालको महाभूकम्पको केन्द्रविन्दु रहेको यस बारपाक सुलिकोट गाउँपालिकामा भूकम्प पिडितहरुलाई प्राथमिकताका साथ सहुलियत ब्याजदरमा भूकम्प पिडित कर्जा प्रवाह गर्ने उद्देश्यले आफ्नो शाखा कार्यालय विस्तार गरेकोमा प्रभु बैंक प्रति हार्दिक आभार प्रकट गर्दै प्रभु बैंकले नेपाल पुननिर्माण प्राधिकरणको कार्यमा सहयोगीको भुमिका निर्वाह गरेको कुरा समेत व्यक्त गरे ।
उद्घाटन समारोहमा आफ्नो मन्तव्य राख्दै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समृद्ध नेपाल सुखी नेपाली भन्ने नेपाल सरकारको मुख्य लक्ष्यलाई आत्मासाथ गर्दै बैंकले बैंकिङ सेवा मार्पmत् योगदान पुर्याउने अठोट गरे अनुसार बैंकिङ पहुँच भन्दा बाहिर रहेका आम सर्वसाधारणहरुलाई बैंकिङ प्रणालीमा ल्याउन गाउँ गाउँमा पुगेर शाखा कार्यालय स्थापना गरिरहेको जानकारी दिए ।
उक्त अवसरमा नेपाल राष्ट्र बैंकबाट जारी सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ अन्तर्गत ५ जना भुकम्प पिडितहरुलाई बैंकको तर्पmबाट सहुलियत ब्याजमा भुकम्प पिडित घरकर्जा स्वीकृत गरी प्रमुख अतिथिबाट सम्बन्धित भुकम्प पिडितहरुलाई हस्तान्तरण गरिएको थियो ।