Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपालगञ्जमा गरिमा विकास बैंकको नयाँ शाखा विस्तार

२०७५ पुष १३ गते

बैंकिङ खबर । गरिमा विकास बैंक लिमिटेडले पौष १२ गते विहीबार बाँके जिल्लाको नेपालगञ्ज शाखा कार्यालयको औपचारिक समुद्घाटन गरेको छ । शाखा कार्यालयको उद्घाटन नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा.धवल शमशेर ज.व.रा.ले गरे । 

साथै, बैंकले पौष ११ गते घोराही र धनगढीमा पनि नयाँ  शाखा कार्यालयको उद्घाटन गरेको थियो । 

हाल बैंकको ६६ शाखा र १५ वटा एटीएम संचालनमा छन । बैंकले छिट्टैनै पर्साको बीरगंज, चितवनको टांडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपूर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा समेत शाखा कार्यालय खोल्ने योजना बनाएको छ । 

Ad