Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

पूर्णिमा विकास बैंकको अध्यक्षमा सुरज उप्रेती चयन र सञ्चालकमा लोकनाथ नेपाल मनोनित

२०७५ पुष १२ गते

बैंकिङ खबर । पूर्णिमा विकास बैंक लिमिटेडको रिक्त अध्यक्ष पदमा सञ्चालक सुरज उप्रेती चयन भएका छन् । पौष ६ गते बसेको सञ्चालक समितिको १८७ औं बैठकले उपे्रती सर्बसम्मत रुपले बांकी कार्यकालको लागि अध्यक्ष्माा चयन भएका हुन् । संस्थापक शेयरधनीका तर्फबाट सञ्चालक भई तत्कालिन अध्यक्ष रहेका निधानचन्द्र श्रेष्ठको देहावसान पश्चात उक्त पद खालि रहेको थियो । 

अध्यक्ष चयन पश्चात नेपाल राष्ट्र बैंकको निर्देशिका ई.प्रा.निर्देशननं ६/०७५ को बुंदा नं. २ (ढ)बमोजिम नेपाल राष्ट्र बैंक सिद्धार्थ नगर कार्यालयमा निर्देशक अशोक कुमार पौडेलबाट एक कार्यक्रमविच शपथ ग्रहण गरे । 

साथै संस्थापक शेयरधनीका तर्फबाट रिक्त सञ्चालक पदमा संस्थापक शेयरधनी लोकनाथ नेपाल सञ्चालकको रुपमा बांकी कार्यकालको लागि मनोनित भएका हुन् । उनी कृषि विकास बैंकका अनुभव प्राप्त बैंकर समेत हुन् । 


 

Ad