Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

निर्धन उत्थान लघुवित्तद्धारा रुकुमको चौरजहारीमा कुखुरापालन तालिम सम्पन्न

२०७५ पुष ६ गते

बैंकिङ खबर ।  निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफना ३२ जना ग्राहक सदस्यहरुको सहभागितामा २०७५ मंसिर १७ गतेदेखि १९ गतेसम्म रुकुम जिल्लाको चौरजहारीमा “ब्यवसायिक कुखुरापालन तालिम” सम्पन्न गरेको छ । तालिमप्रशिक्षकहरुमा गणेश वुढामगर, मिन बहादुर हमाल, शेखर चन्द्र पौडेल रहेका थिए ।

एक परिवारमा एक जना उद्यमी बनाउन संस्थाले पहल गरी रहेको, संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिइ रहेको यस संस्थाबाट कर्जा लिइ ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत संस्थाका कार्यक्रम अधिकृत मिन बहादुर हमालले बताए ।

तालिमको अन्त्यमा सहभागी चन्द्री घर्तीमगर, सहभागी सुमित्रा भण्डारी, सहभागी सरस्वती शर्मा र सहभागी गोमा लामिछानेले मन्तब्य राखेका थिए । ब्यवसायिक रुपमा कुखुरापालन गरेमा राम्रो फाईदा लिन तालिमले सहयोग गर्ने सहभागीहरुले बताएका थिए । 

उक्त तालिममा प्रशिक्षर्थिहरुले कुखुपालन ब्यवसाय एक परिचय, स्थानीय र उन्नत कुखुरामा भिन्नता, कुखुरापालनको महत्व, आवश्यकता र वर्तमान स्थिति तथा नेपालमा पालिने स्थानीय तथा बोईलरहरुको जातिय परिचय, कुखुरापालन विधि, कुखुरालाई भूँईको आवश्यकता तथा खोर निर्माण गर्न स्थानको छनौट, स्थानीय श्रोत साधन प्रयोग गरी उन्नत खोर निर्माण गर्ने तरिका र खोरमा हावा, ताप, प्रकाश, आद्र्रताको महत्व, सोतरको महत्व एवम् सोतरको लागि प्रयोग गरिने वस्तुहरु, उमेर अनुसार कुखुराालाई आहारको आवश्यकता तथा आहाराका श्रोतहरु बारे जानकारीको साथै सन्तुलित दाना बनाउने विधि र स्थानीय श्रोत साधनको प्रयोग गरी सन्तुलित दाना बनाउने तरिका, खोर, दानापानी दिने भाँडाहरुको सरसफाईको साथै  उमेर र तरिकाहरु बारे आवश्यक जानकारी हासिल गरेको कुरा चौरजहारी शाखाका प्रमुख शेखर चन्द्र पौडेलले बताए । 

हाल संस्थाले ३ लाख २८ हजार ९०६ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । संस्थाले २०७५ कार्तिक्र मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु. १६ अरब ११ करोड ८१ लाख रहेको छ भने ग्राहक सदस्यहरुका ९ अर्ब १३ करोड ६५ लाख बचत परिचालन गरेको छ भने संस्थाका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्नका लागि विभिन्न तालिमहरु दिएको संस्थाले जनाएको छ ।  


 

Ad