November 20th, 2018

खराब कर्जा न्यूनिकरण गर्दै बैंकहरु, २० बैंकले घटाए खराब कर्जा

बैंकिङ खबर । हाल संचालनमा रहेका २८ वटै वाणिज्य बैंकले चालु आर्थिक बर्षको प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशित गरीसकेका छन् । बैंकहरुले प्रकासित गरेको विवरण अनुसार २८ वटा बैंक मध्ये २० वटा बैंकको गत बर्षको सोहि अवधिको तुलनामा  खराब कर्जा घटेको देखिन्छ भने ८ वटा बैंकको खराब कर्जा बढेको देखिन्छ । नेपाल राष्ट्र बैंकले ५ प्रतिशतको नजिक खराब कर्जा पुगेका बैंकहरुलाई विशेष निगरानी गर्ने गर्दछ । हेर्नुहोस् कुन बैंकको खराब कर्जा कति 

९ बैंकको खराब कर्जा १ प्रतिशत भन्दा कम
एनआईसि एशिया बैंक 
एनआईसि एशिया बैंकको खराब कर्जा घटेको छ । गत आर्थिक बर्षको असोज मसान्तमा ०.२९ प्रतिशत रहेको बैंकको खराब कर्जा घटेर चालु आर्थिक बर्षको असोज मसान्तमा ०.२८ प्रतिशतमा झरेको छ ।

नेपाल एसविआई बैंक 
नेपाल एसविआई बैंकको खरार्ब कर्जामा बृद्धि भएको छ । २०७४ असोज मसान्तमा ०.१३ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर २०७५ असोज मसान्तमा ०.२० पुगेको छ ।

एभरेष्ट बैंक
चालु आर्थिक बर्षको असोज मसान्तमा एभरेष्ट बैंकको खराब कर्जा ०.२१ प्रतिशत रहेको छ । गत असोजमा ०.२६ रहेको बैंकको खराब कर्जा घटेको हो ।

सानिमा बैंक
सानिमा बैंकको खराब कर्जा घटेको छ । गत आर्थिक बर्षको असोजमा ०.१४ प्रतिशत रहेको बैंकको खराब कर्जा चालु आर्थिक बर्षको असोजमा घटेर ०.०८ प्रतिशतमा झरेको छ ।

नबिल बैंक
नबिल बैंकले पनि खराब कर्जा घटाएको छ । गत आर्थिक बर्षको प्रथम त्रैमासमा १.११ प्रतिशत रहेको बैंकको खराब कर्जा घटेर चालु आर्थिक प्रथम त्रैमासमा ०.५८ सिमित भएको छ ।

सेञ्चुरी बैंक
सेञ्चुरी बैंकले पनि खराब कर्जा घटाउन सफल भएको छ । गत आर्थिक बर्षको असोज मसान्तमा १.७० प्रतिशत रहेको बैंकको खराब कर्जा घटेर चालु आर्थिक बर्षको असोज मसान्तमा ०.८० प्रतिशतमा सिमित भएको छ ।

एनएमबी बैंक
चालु आर्थिक मसान्तको प्रथम त्रैमासमा एनएमबी बैंकले खराब कर्जा ०.७६ प्रतिशतमा झारेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा बैंकको खराब कर्जा १.६७ प्रतिशत रहेको थियो ।

माछापुच्छ्रे बैंक
चालु आर्थिक मसान्तको प्रथम त्रैमासमा माछापुच्छ्रे बैंकको खराब कर्जा ०.४७ प्रतिशत रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा ०.४५ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेको हो । 

स्टान्र्डड चार्टर बैंक
स्टान्र्डड चार्टर बैंकको खराब कर्जामा बृद्धि भएको छ । गत आर्थिक बर्षको असोजमा ०.१८ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर चालु आर्थिक बर्षको असोजमा ०.२१ प्रतिशत पुगेको छ ।

१५ बैंकको खराब कर्जा १ देखी ३ प्रतिशतको विचमा 
लक्ष्मी बैंक
चालु आर्थिक मसान्तको प्रथम त्रैमासमा लक्ष्मी बैंकको खराब कर्जा १.५० प्रतिशत रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा १.७८ प्रतिशत रहेको बैंकको खराब कर्जा घटेको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकको खराब कर्जा बढेको छ । गत आर्थिंक बर्षको असोजमा १.०४ प्रतिशत रहेको बैकको खराब कर्जा बढेर आर्थिक बर्षको असोजमा १.२१ प्रतिशत पुगेको हो ।

प्राइम कर्मसियल बैंक
प्राइम कर्मसियल बैंकको खराब कर्जा १.४१ प्रतिशत रहेको छ । बैंकको खराब कर्जा गत अर्थिक बर्षको सोहि अवधिको तुलनामा बृद्धि भएको हो । गत आर्थिक बर्षको असोजमा बैंकको खराब कर्जा १.३७ प्रतिशत रहेको थियो ।

कुमारी बैंक
कुमारी बैंकले खराब कर्जा घटाएको छ । चालु आर्थिक बर्षको असोजमा बैंकको खराब कर्जा प्रतिशत १.१४ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा बैंकको खराब कर्जा १.९७ प्रतिशत रहेको थियो ।

सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले पनि खराब कर्जा घटाएको छ । गत आर्थिक बर्षको असोजमा २.०१ प्रतिशत रहेको बैंकको खराब कर्जा समिक्षा अवधिमा घटेर १.४० प्रतिशत रहेको छ ।

मेगा बैंक
मेगा बैंकले पनि खराब कर्जामा सुधार गरेको छ । गत आर्थिक बर्षको असोजमा १.६७ प्रतिशत रहेको बैंकको खराब कर्जा चालु आर्थिक बर्षको असोजमा १.०८ प्रतिशतमा झरेको छ ।

सन्राइज बैंक
सन्राइज बैंकको खराब कर्जा घटेको छ । चालु आर्थिक बर्षको असोजमा सन्राइज बैंकको खराब कर्जा १.१२ प्रतिशत रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा बैंकको खराब कर्जा  १.४९ प्रतिशत रहेको थियो । 

नेपाल बंग्लादेश बैंक
नेपाल बंग्लादेश बैंकको खराब कर्जामा बृद्धि भएको छ । गत आर्थिक बर्षको असोज मसान्तमा ०.७३ प्रतिशत रहेको बैकको खराब कर्जामा बृद्धि भई समिक्षा अवधिमा १.५५ प्रतिशत पुगेको छ ।

बैंक अफ काठमाडौं
चालु आर्थिक बर्षको पहिलो त्रैमासमा बैंक अफ काठमाडौंले खराब कर्जा घटाउन सफल भएको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासमा २.०८ प्रतिशत रहेको बैंकको खराब कर्जा समिक्षा अवधिमा घटेर १.६१ प्रतिशतमा झरेको हो ।

हिमालयन बैंक
आर्थिक बर्ष २०७५।७६को पहिलो तिन महिनामा हिमालयन बैंकको खराब कर्जामा बृद्धि भएको छ । गत आर्थिक बर्षको असोजमा १.२४ प्रतिशत रहेको बैंकको खराब कर्जा समिक्षा अवधिमा बृद्धि भई १.४६ प्रतिशत पुगेको हो ।

सिटिजन्स बैंक
सिटिजन्स बैंकले खराब कर्जामा सुधार गरेको छ । गत आर्थिक बर्षको असोजमा १.९९ प्रतिशत रहेको बैंकको खराब कर्जा चालु आर्थिक बर्षको समिक्षा अवधिमा घटेर १.२३ प्रतिशमा सिमित भएको छ । 

जनता बैंक
जनता बैंकले पनि खराब कर्जामा झिनो सुधार गरेको छ । गत आर्थिक बर्षको असोजमा १.६५ प्रतिशत रहेको बैंकको खराब कर्जा चालु आर्थिक बर्षको प्रथम त्रैमासमा घटेर १.५४ प्रतिशमा सिमित भएको छ । 

ग्लोबल आईएमइ बैंक
ग्लोबल आईएमइ बैंकले पनि चालु आर्थिक बर्षको प्रथम त्रैमासमा खराब कर्जामा सुधार गर्न सफल भएको छ । गत आर्थिक बर्षको प्रथम त्रैमासमा १.५७ प्रतिशत रहेको बैंकको खराब कर्जा समिक्षा अवधिमा सुधार गरी १.०५ प्रतिशतमा सिमित भएको हो ।

प्रभु बैंक
प्रभु बैंकले चालु आर्थिक बर्षको असोज मसान्तमा खराब कर्जामा उल्लेख्य सुधार गरेको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासमा बैंकको खराब कर्जा ४.२३ प्रतिशत रहेको थियो । बैंकले उक्त अवस्थालाई सुधार गरी समिक्षा अवधिमा  खराब कर्जालाई २.५१ प्रतिशमा सिमित गर्न सफल भएको छ ।

नेपाल बैंक
चालु आर्थिक बर्षको पहिलो त्रैमासमा नेपाल बैंकको पनि खराब कर्जा घटेको छ । गत आर्थिक बर्षको प्रथम त्रैमासमा ३.४२ प्रतिशत रहेको बैंकको खराब कर्जा घटेर   समिक्षा अवधिमा २.७८ प्रतिशतमा झरेको छ ।


४ बैकको खराब कर्जा तिन प्रतिशत माथि
सिभिल बैंक
सिभिल बैंकले पनि खराब कर्जामा उल्लेख्य सुधार गर्न सफल भएको छ । गत आर्थिक बर्षको प्रथम त्रैमासमा ४.६९ प्रतिशतको उच्च विन्दुमा रहेको खराब कर्जालाई सुधार गरी बैंकले समिक्षा अवधिमा ३.०६ प्रतिशमा सिमित गर्न सफल भएको हो ।

एनसिसि बैंक
चालु आर्थिक बर्षको असोजमा एनसिसि बैंकको खराब कर्जा ३.६९ प्रतिशत रहेको छ । खराब अवस्थाबाट गुज्रीरहेको बैंकले अन्य सुचक सँगै खराब कर्जामा पनि सुधार गरेको हो । गत आर्थिक बर्षको प्रथम त्रैमासमा बैंकको खराब कर्जा ४.३९ प्रतिशत रहेको थियो ।

राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकको चालु आर्थिक बर्षको प्रथम त्रैमासमा खराब कर्जामा बृद्धि भएको छ । गत आर्थिक बर्षको प्रथम त्रैमासमा २.९२ प्रतिशत रहेको बैंकको खराब कर्जा समिक्षा अवधिमा बृद्धि भई ३.८३ प्रतिशत पुगेको छ । 

कृषि विकास बैंक
कृषि विकास बैंकले चालु आर्थिक बर्षको प्रथम त्रैमासमा खराब कर्जामा सुधार गरेको छ । गत आर्थिक बर्षको असोजमा ४.६० प्रतिशत रहेको बैंकको खराब कर्जामा सुधार भई ३.९३ प्रतिशतमा झरेको छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]