विजय पराजुली/बैंकिङ खबर । संचालनमा रहेका २८ वटा वाणिज्य बैंक मध्ये (राष्ट्रिय वाणिज्य बैंक बाहेक) २७ वटा वाणिज्य बैंकहरुले आर्थिक बर्ष २०७५।०७६ को पहिलो ३ महिनाको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । वित्तीय विवरण सार्वजनिक गरेका २७ वटा बैककले समिक्षा अवधिमा ११ अर्ब ८३ करोडभन्दा माथि वितरणयोग्य मुनाफा आर्जन गरेका छन् । गत आर्थिक बर्षको सोहि अवधिको तुलनामा दुई अर्ब ९२ करोडले नाफामा वृद्धि गरेका हुन् । बैंकहरुले गत आर्थिक बर्षको सोहि अवधिमा आठ अर्ब २९ करोड मात्र नाफा कमाएका थिए ।
२३ खर्ब निक्षेप २१ खर्ब कर्जा
२७ वटा बैंकले असोज मासान्त सम्ममा २३ खर्ब ६७ अर्ब भन्दा माथि निक्षेप संकलन गरेर २१ खर्ब ४० अर्ब भन्दा माथि कर्जा परिचालन गरेका छन् ।
एनआईसी एशिया बैंक निक्षेप संकलन र कर्जा लगानी दुबैमा अगाडी
एनआइसी एशिया बैंकले चालु आर्थिक बर्षको असोज मसान्त सम्ममा १ खर्ब ६३ अर्ब भन्दा बढि निक्षेप संकलन गरेर १ खर्ब ३९ अर्ब भन्दा बढि कर्जा परिचालन गरेको छ । बैंकको गत असोज मासान्तमा निक्ष्ेप १ खर्ब ३ अर्ब र कर्जा लगानी ८६ अर्ब मात्र रहेको थियो ।
नौ वटा बैंकको निक्षेप खर्ब माथि
विवरण प्रकासित गरेका २७ वटा वाणिज्य बैंक मध्ये नौ वटा बैंकको निक्षेप अर्ब नागेको छ । प्रभु बैंक, कृषि विकास बैंक, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआईसी एशिया बैंकको निक्षेप अर्ब माथि पुगेको छ । बैंकहरुको निक्षेप क्रमशः एक खर्ब तीन अर्ब, एक खर्ब दुई अर्ब, एक खर्ब २० अर्ब, एक खर्ब ११ अर्ब, एक खर्ब, एक खर्ब दुई अर्ब, एक खर्ब ४३ अर्ब, एक खर्ब ४१ अर्ब र एक खर्ब ६३ अर्ब रहेको छ ।
इन्भेष्टमेन्ट बैकको मुनाफा अर्ब माथि
नेपाल इन्भेष्टमेन्ट बैंकले तीन महिनामा नै अर्बमाथि नाफा गरेको छ । बैंकले तिन महिनामा १ अर्ब ५ करोड ४६ लाख मुनाफा आर्जन गरेको छ ।
छ वटा बैंकको नाफा ५० करोडमाथि
छ वटा बैंकहरुले तीन महिनामा नै ५० करोड भन्दा माथि नाफा कमाएका छन् । ६ वटा बैंकहरु प्रभु बैंक, ग्लोबल आईएमई बैैंक, स्टान्र्डड चार्टर बैंक, नबिल बैंक, नेपाल बैंक र एनआइसि एसिया बैंकले त्रमश ः ६४ करोड ४४ लाख, ५१ करोड ७६ लाख ५८ करोड ४५ लाख ९७ करोड ९१ लाख, ९३ करोड ३१ लाख र ५८ करोड २२ लाख आफा आर्जन गरेका छन् ।
दुई वटा बैंकको मुनाफामा गिरावट
गत आर्थिक बर्षको तुलनामा समिक्षा अवधिमा दुई वटा बैंकको मुनाफामा गिरावट आएको छ । एभरेष्ट बैंकले गत बर्षको असोज मसान्तमा ५३ करोड १४ लाख मुनाफा आर्जन गरेकोमा चालु आर्थिक बर्षको सोहि अवधिमा घटेर ४९ करोड एक लाख मात्र मुनाफा आर्जन गरेको छ । त्यस्तै नेपाल एसबिआई बैंकको पनि मुनाफामा गीरावट आएको छ । बैंकले समिक्षा अवधिमा २७ करोड ९७ लाख मुनाफा आर्जन गरेको छ । जबकि बैंकले गत आर्थिक बर्षको सोहि अवधिमा ३२ करोड ५१ लाख मुनाफा आर्जन गरेको थियो ।




