September 21st, 2018

चितवनमा बैंकिङ/बीमा एक्स्पो सम्पन्न

बैंकिङ खबर । चितवनमा बैंकिङ÷बीमा एक्स्पो सम्पन्न भएको छ । बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईँले शुक्रबार (असोज ५ गते) एक्स्पो कार्यक्रमको समापन गरे । 

समापन कार्यक्रममा बोल्दै चापागाईँले वित्तीय क्षेत्र सुधार अन्तर्गत बैंक र बीमालाई गाउँगाउँमा पुर्याएर वित्तीय पहुँच अभिवृद्धि गर्ने नेपाल सरकारको उद्देश्य पूर्तिका बैंकिङ÷बीमा एक्स्पो कार्यक्रमको आयोजना गरिनु प्रशंसनीय रहेको बताए । वास्तवमा वित्तीय जागरण अभियान बीमा समिति वा नेपाल राष्ट्र बैंक आफैँले संचालन गर्नुपर्ने अथवा नेपाल सरकारले सहयोग गर्नुपर्नेमा मिडिया इन्टरनेशनलले नेतृत्व गरिरहेको उल्लेख गर्दै उनले कार्यक्रमको आगामी सफलताको लागि शुभकामना व्यक्त गरे । वित्तीय सूचना प्रदान गर्ने बैंकिङ÷बीमा एक्स्पो जस्तो कार्यक्रममा स्कुल तथा कलेजमा विद्यार्थीहरुलाई समेत सरिक गराइएकोमा खुसी व्यक्त गर्दै उनले बच्चा बेलादेखि नै बैंकिङ कारोबार एवम् बीमाको बारेमा सचेत गराउनु अत्यन्तै आवश्यक रहेको औँल्याए ।

बीमाको आवश्यकता र महत्वका बारेमा प्रकाश पार्दै चापागाईँले अहिलेको बचतबाट थोरै रकम खर्च गरि बीमा गरेमा भोली ठूलो जोखिम आइपर्दा काम लाग्ने भएकाले बीमा अनिवार्य रुपमा गर्नुपर्ने बताए । बीमा कम्पनीहरुले बीमा गराएर पैसा लिन्छन् र दाबी भुक्तानी गर्दैनन् भन्ने अविश्वासको भावनालाई चिर्दै बीमा सिद्धान्तभित्र रहेको दाबीको भुक्तानी छिटोभन्दा छिटो गर्ने वातावरण मिलाइने उनले बताए । यसका लागि बीमा कम्पनीका सीईओ लगायत शाखा प्रबन्धकहरुलाई समेत निर्देशन दिइएको उनले जानकारी दिए ।  

रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले जीवन बीमाको दायरा बढाउनुपर्ने आवश्कता औल्याए । बीमा पहुँच विस्तारका लागि बीमासम्बन्धी जागररुकता बढाउनुपर्ने उल्लेख गर्दै उनले बैंकिङ÷बीमा एक्स्पोले यसमा ठूलो योगदान पुर्याइरहेको बताए ।

त्यस्तै, प्रभु इन्स्योरेन्सरका प्रमुख कार्यकारी अधिकृत संचित बज्राचार्यले निर्जिवन बीमाको आवश्यकता र महत्वका विषयमा प्रकाश पार्दै बीमा शिक्षा र तालिमलाई अझ सशक्तताका लागि अगाडी लैजानुपर्नेमा जोड दिए ।

त्यसैगरी, वोमी माइक्रोफाइनान्सका पमुख कार्यकारी अधिकृत प्रमेश आचार्यले लघुवित्त क्षेत्रमा पनि बीमाको महत्व रहेको बताए । लघुबीमामा उद्यमशीलताका लागेका व्यक्तिहरुको सहभागीता बढिरहेको उनले उल्लेख गरे ।

कार्यक्रममा नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी चितवनका अध्यक्ष भरत मल्ल र बीमा अभिकर्ता संघका मित्रलाल चापागाईँले पनि आआफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रमका संयोजक माधव निर्दोषले बीमा शिक्षा अभिवृद्धि एवम् बीमा पहुँच विस्तारका लागि बीमा अभिकर्ताको भूमिका महत्वपूर्ण हुने भन्दै उनीहरुलाई अझ बढी तालिमको खाँचो रहेको बताए । बीमा शिक्षा एवम् बीमा जागरणको आवश्यकता लाई ध्यानमा राख्दै यस्ता जानकारीमूलक कार्यक्रमहरु आगामी दिनमा पनि आयोजना गरिने उनले जानकारी दिए । 

दुई दिनसम्म संचालित एक्स्पोमा ठूलो संख्यामा विद्यार्थी एवम् उद्यमीहरुले अवलोकन गरे । 

मिडिया इन्टरनेसनलको आयोजना तथा नेपाल राष्ट्र बैंकको प्रबद्र्धन र बीमा समितिको सहकार्य एवं उद्योग वाणिज्य संघ चितवनको साझेदारीमा उक्त एक्स्पो संचालन भएको हो । २०७३ साल कात्तिक २६ गते  लुम्बिनीको रुद्रपुरबाट सुरु भएको ‘वित्तीय जागरण : राष्ट्रिय अभियान’ अन्तरगत उक्त कार्यक्रम संचालन गरिएको हो । उक्त अभियान अन्तर्गत काठमाडौँ उपत्यकाभित्र र बाहिर थुप्रै कार्यक्रम संचालन भएका छन् । उत्यकाबाहिर बैंकिङरबीमा एक्स्पोको आयोजना गरिएको यो तेस्रो पटक हो । यसअघि, प्रदेश नं. १को इटहरी र प्रदेश नं. ४ को पोखरामा बैंकिङरबीमा एक्स्पो सफलतापूर्वक सम्पन्न भइसकेका छन् । यसपटक चितवनको उद्योग वाणिज्य संघको प्राङ्गणमा आयोजना गरिएको बैंकिङ÷बीमा एक्स्पोमा विभिन्न बैंक, वित्तीय संस्थाहरु, बीमा कम्पनी लगायतले सूचनामूलक स्टलहरु राखेका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]