Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
विशेष

बैंकिङ क्षेत्रका तीन हस्तीले पाए राष्ट्रिय विभूषण

२०७५ आश्विन ३ गते

बैंकिङ खबर । बैंकिङ क्षेत्रका तीन हस्तीले राष्ट्रिय विभूषण पाएका छन् । राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठ र बैकर देवि प्रकाश भट्टचनले सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) पाउने भएका छन् । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई पनि प्रवल जनसेवा श्री चतुर्थ दिइने भएको छ ।

सरकारले संविधान दिवशको अवसर पारेर आर्थिक, ब्यवसायिक तथा सहकारीसँग सम्बन्धित ब्यक्तिहरुलाई राष्ट्रिय पदक घोषणा गरेको हो । सरकारले घोषणा गरेको पदक एक कार्यक्रम आयोजना गरी राष्ट्रपतिले वितरण गर्नेछिन् ।