ढुन बहादुर बुढाथोकी,“सङ्घर्ष” । बिश्वमा सन् १९६० देखि २०० का अवधिमा विश्व रंगमञ्चमा विभिन्न किसिमका बहुपक्षीय, क्षेत्रीय मञ्चहरु स्थापनाको लहर चलको पाइन्छ । यसै क्रममा, दक्षिण पूर्वी एशियामा आसियान, पश्चिम युरोपमा ईयु, उत्तर अमेकिामा नाफ्टा स्थापना भए जस्तै बंगालको खाडी आसपासका मुलुकको मानसपटलमा पनि त्यो सोच उदय भएको पाइन्छ । जसअनुसार बंगालादेश, भारत, श्रीलंका, थाईल्यान्ड मिलेर सन् १९९७ जुन ६ मा बिआईएसटी–इसी को स्थापना गरे । खास गरी बंगालादेश वरिपरिका बंगालदेश, श्रीलंका भारत, थाइल्यान्डले पारस्पाकिर लाभको लागि बिम्सटेकको स्थपाना गरेका हुन् । प्रारम्भमा परिवेक्षकको भूमिकामा देखा परेको म्यानमार सोहि बर्ष डिसेम्बर २२ मा सदस्य हुन पुग्यो । म्यानमारको प्रबेशले उक्त संगठनको बिआइएमएसटी–इसी मा रुपान्तरित हुन पुग्यो । सन् १९९८ डिसेम्वर पर्यन्त परिवेक्षकको रुपमा रहेको नेपाल र भुटान परिवेक्षकको रुपमा रहेकोमा सन् २००४ जुलाईमा सदस्यता लिन पुगे । सदस्य थप हुँदै जाँदा नाम परिवर्तन गन गर्दै जाने संस्कारको अलवा २००४ जुलाई ३१ मा बहुपक्षीय प्राबिधि तथा आर्थिक सहयोगका लागि बंगाल–खाडीको प्रयास(बिम्सटेक) को नाम दिईयो । जसको मुख्यालय बंगालादेशको राजधानी ढाकामा रहेको छ ।
बिम्टेकको उद्देश्य र सिद्धान्त
बिना उद्देश्य कुनै संगठन स्थापना हुँदैन । निर्धारित उद्देश्यले उक्त संगठनलाई जिवन्त राख्दछ । संगठनको गति र गन्तब्य निर्धारण गर्दछ । किन कुनै राष्ट्र बिम्सटेकमा आबद्ध हुने भन्ने कुरा पनि उद्देश्यबाटै निर्धारित हुन्छ । क्षेत्र बिशेष परियोजना पहिचान र कार्यान्वयन गर्नु, आपसिक हितका लागि समानता र भागिदारी भावनालाई बढावा दिनु, सक्रिय सहयोग र आपसिक सहायता अभिवृद्धि गर्नु, तालिम र अनुसन्धनात्मक गतिविधिमा बढवा दिनु, बिकास कार्यक्रमा सहायता पुर्याउनु, मौजुदा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संगठतहरुसँग सम्बन्ध बिस्तार गर्नु र सञ्चालित परियोजनाहरुको उत्पादकत्व बृद्धि गर्नु बिम्सटेकको मुल उद्देश्य हो ।
कुनै संगठनले अबलम्बन गर्ने सिद्धान्त त्यस संगठनको आर्दश मानिन्छ । सदस्य मुलुकको सार्बभौम समानता, क्षेत्रीय अखण्डता, शान्तिपूर्ण सह–अस्तित्व, राजनीतिक स्वतन्त्रता, आन्तरिक मामेलामा अहस्तक्षेप, पारस्पारिक लाभलाई यससंठनले प्रमुख सिद्धातको रुपमा स्वीकार गरेको छ ।
कार्य क्षेत्र
कुनै संगठनले के, कस्ता, कति, कहाँ कार्य गर्ने भन्ने कुरा कार्य क्षेत्र वा कार्यदायरावाट निर्धारण हुन्छ । यस संगठनको कार्य क्षेत्र समय सापेक्ष बिस्तार हुँदै गएको छ । सन् १९९७ मा बंगालादेशको राजधानी ढाकामा सम्पन्न दोस्रो मन्त्रीस्तरीय बैठकमा ब्यापार तथा लगानी, परिवहन तथा सञ्चार, उर्जा, पर्यटन, प्रबिधि र मत्स्य गरी ६ वटा कार्य क्षेत्र निर्धारण भएकोमा सन् २००८ मा भारतको नयाँ दिल्लीमा सम्पन्न आठौं मन्त्रीस्तरीय बैठकले कृषि, गरिबी निवारण, अन्तर्राष्ट्रिय आतंकवाद, पर्याबरण एबं प्रकृति प्रबद्र्धन, संस्कृति, जनस्वास्थ्य, जनसंपर्क, जलबायु परिबर्तन गरी ८ कार्य क्षेत्रहरु थप भई १४ वटा पुग्यो । चौथो शिखर सम्मेलन ब्लु इकोनोमि र माउन्टेन इकोनमोमि थप भई यो क्षेत्र १६ पुगेको छ । यस हिसाबले शुरुमा बिशुद्ध आर्थिक क्षेत्रमा सीमित रहेकोमा पछिल्लो समयमा बाताबबरण, आतंकवाद लगायतका बिषयहरु समेटिएका छन् । सदस्य राष्ट्रहरुले यी कार्य क्षेत्रहरुमा अगुवाई गर्नुपर्ने प्राबधान अनुरुप अन्तर्राष्ट्रिय आतंकवाद, संगठित अपराध, पर्याबरण, दैबी बिपदको क्षेत्रमा भारतले, जन संपर्कको र जनस्वास्थ्यको क्षेत्रमा थाइल्यान्डले, जलबायु परिबर्तनको क्षेत्रमा बंगालादेशले, संस्कृतिको क्षेत्रमा भुटानले, कृषि क्षेत्रमा म्यानमारले र गरिबी निवारणको क्षेत्रले नेपालले अगुवाई गरेको छ ।
प्रशासनिक संयन्त्र
नीति निर्धारक अङ्ग, कार्य सञ्चालक अङ्ग र समन्वय अङ्ग गरी ३ वटा अङ्गमा यसको प्रशासनिक ढाँचा निर्माण भएको छ । शिखर सम्मेलन र बिदेशमन्त्रीको बैठकलाई नीति निर्माण गर्ने अंगको रुपमा स्वीकार गरिएको छ । कार्यकारी प्रमुखको मुख्य सहभागिता रहने शिखर सम्मेलन नीति निर्माणको सबै भन्दा सर्बोच्च अङ्ग हो । शिखर सम्मेलनमा मुलतः सरकार प्रमुखको सहभागित रहन्छ । शिखर सम्मेलन प्रत्येक दुई बर्षमा हुनु पर्ने प्राबधान भइकन पनि स्थापनको २१ बर्षमा ४ वटा शिखर सम्मेलन मात्र सम्पन्न भएको छ । बिदेश मन्त्रीस्तरीय बैठक नीति निर्माण तहको दोस्रो तहको अंग हो । यसबैठकमा सदस्य मुलुकका बिदेशमन्त्रीहरुको सहभागीता रहन्छ । बैठकमा सदस्य मुलुकका बाण्ज्यि तथा अर्थमन्त्रीहरुले समेत सहभागित जनाउदछन । बिम्सटेकमा उठान भएका मुद्धाको दुईतिहाई हल यसै अङ्गले गर्दछ । शिखर सम्मेलनमा कुनै बिषय लैजानु पूर्ब बिदेश मन्त्रीस्तरीय बैठकमवाट अनुमोदन हुने गर्दछ ।
बिदेश सचिबस्तरीय बैठक र बाणिज्य सचिबस्तरीय बैठक कार्य सञ्चालन अंग मानिन्छन । बिदेश सचिबस्तरीय बैठकमा सदस्य मुलुकको बिदेश सचिबहरुको सहभागित रहन्छ । बिम्सटेकले अगाडि सारेका सबै कामहरुको अनुगमन गरी बिदेश मन्त्रीस्तरीय बैठकमा प्रतिबेदन पेश गर्नु बिदेश सचिबस्तरीय बैठकको मुल दायित्व मानिन्छ । बैठकमा सदस्य मुलुकका बाणिज्य सचिब समेत सहभागि रहन्छ । सदस्य मुलुक बीचको ब्यापार तथा बाणिज्यका क्षेत्रमा रहेका समस्या, भएका प्रगगि, चाल्नु पर्ने कदमका बिषयमा बिदेश मन्त्रीस्तरीय बैठकमा प्रतिबेदम पेश गर्नु यस अंगको दायित्व मानिन्छ । त्यस्तै बिम्सटेकले अगाडि सारेका कार्यक्रमहरुको समनवय गर्नु समन्वय अङ्गको मुल दायित्व मान्छि ।
शिखर सम्मलेन र अध्यक्षता
सदस्य मुलुकको नामको शुरु अल्फाका आधारमा शिखर सम्मेलन गर्ने प्रचलन अनुरुप प्रथम शिखर सम्मेलन सन् २००४ जुलाई ३१ मा थाइल्यान्ड राजधानी बैंंककमा, दोस्रो शिखर सम्मेलन सन् २००८ नोभेम्वर ८ मा भारतको राजधानी नयाँ दिल्लीमा, तेस्रो शिखर सम्मेलन सन् २०१४ मार्च ४ मा म्यानमारको न्यापिटोमा, चौथो शिखर सम्मेलन २०१८ अगष्ट ३० मा नेपालको राजधानी काठमाडौंमा सम्पन्न भएकोमा पाँचौ शिखर सम्मेलन श्रीलंकाको राजधानी थिम्पुमा हुने भएको छ ।
जहाँसम्म बिम्सटेकको अध्यक्षताको सन्दर्भ छ, बंगालादेश १९९७ –९९/२००५–६६ सम्म, भारत १९९९– २०००/२००६–८ सम्म, म्यानमार २००१–२/२००८–१४ सम्म, श्रींका २००२–३ सम्म, थाइल्यान्ड २००४–५ सम्म र नेपाल २०१४–१८ सम्म अध्यक्ष बनिसकेका छन भने चौथो शिखर सम्मेलन पश्चात अध्यक्ष पदको जिम्मेवारी श्रीलंकालाई हस्तान्तरण भएको छ ।
बिम्सटेक सदस्य मुलुकहरुको समष्ठिगत अबस्था
नेपाल, भारत, बंगालादेश, श्रीलंका, भुटान सार्कामा समेत आबद्ध सदस्य सदस्य हुन । जहाँ, मालदिप्स, पाकिस्तान अफगानिस्ता जस्ता सार्क सदस्य मुलुकहरु बिम्सटेकवाट वाहिर छन् । त्यस्तै म्यानमार र थाईल्यान्ड दक्षिण पूर्बी एशियाल िसंगठन(आसियनान) मा आबद्ध सदस्य मुलहरु हुन । जहाँ बु्रनाई, कम्वोडिया इन्डोनेशिया, मलेसिया, फिलिपिन्स, सिंगापुर भियतानम जस्ता असियानका सदस्य बिम्सटेकवाट वाहिर छन् । बिम्सटेकमा आबद्ध भुटान वाहेक सबै मुलुकहरु बिश्व ब्यापार संगठन(डब्लुलिटओ) का सदस्य रहेकाछन । जहाँ भुटान परबेक्षक(अब्जरबर) मुलुकको रुपमा रहेको छ । भौगोलिक अबस्थितिको आधारमा बिमेम्टेकको संस्थापक मुलुक मानिने भारत, बंगालादेश, म्यानमार, थाइल्यान्ड र श्रींलंकाको सीमाना बंगालको खाडी(बे अफ बंगाल) संग जोडिएको छ भने बिम्सटेक स्थापनको ७ बर्ष (सन् १९९८८) पश्चात मात्र जोडिएका नेपाल र भुटानको सीमाले बंगालको खाडीलाई छुदैन । सदस्य मुलुकहरुको आबद्धताका आधारमा बिम्सटेकलाई र दक्षिण एशिया र दक्षिण पुर्बी एशियालाई जोडने पुलको रुपमा पनि हेर्ने गरिएको छ ।
१ अर्ब ६८ करोड अर्थात बिश्वको २२ प्रतिशत मानिसको थातवास रहेको यसक्षेत्रमा ४० करोड अर्थात २३.८ प्रतिशत मानिस निरपेक्ष गरिबीको रेखामुनि रहेका छन् । कूल जिडिपि ३ ट्रिलियन अमेरिकी डलर अर्थात बिश्व जिडिपिमा मात्र ४ प्रतिशत हिस्सा रहेको यसक्षेत्रको पछिल्लो ५ बर्षको औषत आर्थिक बृद्धि भने औषत ६.५ प्रतिशत रहेको छ । सन् २००७/८ को बिश्व मन्दीवाट खासै प्रभाबित नभएको भएता पनि बिश्व ब्यापारमा यसक्षेत्रको हिस्सा ३.७ प्रतिशत मात्र रहेको छ । जहाँ भारत तथा थाइल्यान्डको मात्र एकल हिस्सा क्रमसः ५२ र ३६ प्रतिशत रहेको छ ।
लिन सक्ने लाभ
आर्थिक र प्राबिधिक मञ्च भएकाले यस मञ्चमा राजनीतिक बिषयले खासै ठाउ पाउँदैन । तथापि औपचारिक रुपमा उल्लेख गर्न नमिल्ने वा द्धिपक्षीय कुरा रिट्रिटका क्रममा छलफल हुने अबसर प्राप्त गर्दछ । होस्ट मुलुकले सदस्य मुलुकसँग कुनै सहमति, सम्झौता वा समझदारी गर्ने मौका प्राप्त गर्दछ । यसवाहेक पनि अन्य लिन सकिने लाभ थुप्रै छन ।
यसै पनि सन् २००५ यता एशियाली बिकास बैंकले बिम्स्टेकलाई साभेदारको रुपमा स्वीकार गर्दै सदस्य मुलुकहरुमा पूर्बाधार निर्माणमा हातेमालो गरिरहेको छ । सदस्य मुलुकलाई एशियली बिकास बैंकवाट पूर्बाधार तथा लजिष्टीक क्षेत्रमा सहयोग प्राप्त हुनु प्लस पोइन्ट हो ।
भारत, श्रीलंका, बंगालादेश, म्यानमार थाइल्यान्ड जस्ता समुद्र संग जोडिएका मुलुकहरुले ब्लु इकोनोमिवाट लाभ लिन सक्दछन भने नेपाल तथा भुटान जस्ता जस्ता जलसम्पदा धनी भएका पहाडी मुलुकले कृषि, जलबिद्युत र पर्यटनवाट लाभ लिन सक्दछन् ।
भारत जस्तो उदयमान अर्थतन्त्रले युवा शक्ति परिचालन, सूचना प्रबिधि र अन्तर क्षेत्रीय लगानी तथा ब्यापारवाट लाभ लिन सक्छ । बंगालादेश जस्तो कपडाको क्षेत्रमा नामुद मुलुकले टेक्सटाईलको क्षेत्रका लाभ लिन सक्छ ।
भारत तथा थाईल्यान्ड जस्ता ठूला र समुन्नत अर्थतन्त्रवाट नेपाल भुटान, म्यानमार जस्ता मुलुकले लगानी तथा प्रबिधि हस्तान्तरणको लाभ लिन सक्दछन् । भारत तथा थाइल्यान्डले जस्ता औद्योगिक अर्थतन्त्रले बंगालादेश तथा नेपमाल उपलबध सस्तो श्रमशिक्तको लाभ लिन सक्दछन् ।
बिम्सटेको प्रभाबशाली सदस्य भारत उदायमा अर्थतन्त्रकहरुको समुह(ब्रिक्स) को महत्वपूर्ण सदस्य हुनुको नाताल बिमिस्टेकको अर्थतन्त्रलाई ब्रिक्सका अन्य सदस्य मुकुल(ब्राजिल, रुस, चीन र दक्षिण अफ्रिका) सम्म जोडन लबिङ गर्न सक्छ । यसै पनि २०१६ अक्टुरमा भारतको गोवामा सम्पन्न बिक्स सम्मेलनमा बिम्सटेकको समेत चर्चा भएको थियो ।
सदस्य मुलुक बीच स्वतन्त्र ब्यापार हुदा बस्तु तथा सेवाले भन्सार रहित सहज पहुँच प्राप्त गर्न सक्दछन् । यसवाट अन्तक्षेत्रीय ब्यापारले बढवा पाउछ । स्वतन्त्र ब्यापार क्षेत्रलाई एकल मुद्रा, एकल भिसाको अबधारणमा स्तरोन्नीत गर्दै आर्थिक संघको रुपमा बिकास गरी यसक्षेत्रलाई आर्थिक रुपमा समुन्नत गराउन सकिन्छ ।
बिम्सटेकको सफलता–असफलतामा भारत तथा थाइल्यान्ड जस्ता ठूला अर्थतन्त्रको इच्छाशक्तिमा धेरै हदसम्म भर पर्दछ । ब्यक्त प्रतिबद्धता पुरा गर्न ठूला अर्थतन्त्र गम्भीर हुनुपर्छ । बिम्सटेकबाट बाहिर रहेको पाकिस्तानसँग भारतको सम्बन्ध अझै चिसो रहेको सन्दर्भमा चीन–पाकिस्तान बीच निर्माणको क्षेत्रमा र रसिया–पाकिस्तान बीच सैन्य क्षेत्रमा भएको साझेदारी भारतलाई मन नपर्न सक्छ । तथापि, बिम्सटेक पाकिस्तानलाई अलग्याउने संयन्त्रको रुपमा प्रयोग हुनु हुँदैन ।



