September 9th, 2018

स्वास्थ्य बीमा कार्यक्रम संचालनका प्रचलित छ विधिहरु 

बैंकिङ खबर । स्वास्थ्य बीमा भन्नाले स्वास्थ्य सेवाको खर्चलाई परिवारले धान्न सक्ने अवस्थामा ल्याउने, स्वास्थ्य समस्याका कारणले हुन सक्ने आर्थिक जोखिमलाई न्यूनिकरण गर्ने कार्यक्रमलाई बुझाँउछ । विरामी भएको वेला उपचारमा हुन सक्ने ठूलो खर्च धान्न कठिन नहोस भनेर पहिले नै रकम योगदान मार्फत राज्य वा बिमा कम्पनी (बिमक)लाई भुक्तानी गरी व्यक्ति, परिवारले जोखिम व्यवस्थापन गर्ने गरिन्छ । सामाुहिक योगदान हुने र सवैलाई एकै पटक रोग लागी उपचार समेत गराउन नपर्न सक्ने हुँन्छ । यसरी एउटाले योगदान गरेको न्युनतम रकम (बीमा शुल्क) संकलन भई ठुलो कोष खडा गर्न सकिने र सोही कोषबाट भविष्यमा रोग लागी उपचार गराउनु पर्दा अन्य व्यक्ति वा परिवार (बीमित) ले सहयोग पार्ई ठुलो राहत मिल्ने बीमाको सिद्धान्त अनुसार यो कार्यक्रम संचालन हुने गर्दछ ।

स्वास्थ्य बीमा कार्यक्रम अन्र्तगत विभिन्न स्वास्थ्य बीमालेख (पोलिसी)को माध्यमबाट विभिन्न मोडालिटिमा संचालन गर्न सकिन्छ । यस्ता बीमालेख राज्यको निकायबाट र ब्यापारिक (जीवन बीमा व्यवसाय गर्ने एवं निर्जिवन बीमा व्यवसाय गर्ने बीमक मार्फत) दुवै माध्यमबाट संचालनमा ल्याउने अन्तरराष्ट्रिय प्रचलन र अभ्यास रहि आएको छ । यस्ता कार्यक्रमहरुको मोडालिटि, प्रकृया, विधि झट्ट हेर्दा फरक जस्तो लागे पनि सारमा व्यापारिक वा लोक कल्याणकारीका रुपमा नै रहेर संचालन गरिएको पाईन्छ । सबैलाई थाहा नै भएको कुरा हो, बीमा एक करार हो । करार फरक फरक भए पनि सोही करारको परिधि भित्र रहि सेवा शुल्क लिने र सेवा प्रदान गर्ने गरिन्छ । विश्वमा प्रचलनमा रहेका केहि लोकप्रिय विधिहरु यसप्रकार छन् :

निःशुल्क विधि (Free Method)
बीमितले कुनै बीमा शुल्क रकम भुत्तानी विना नै निःशुल्क रुपमा विभिन्न अस्पतालमा उपचारको सुविधा उपलब्ध गर्न पाउने निःशुल्क विधि हो । यस वापत लाग्ने सबै वा केहि बीमा शुल्क रकम राज्यको तर्फबाट अस्पलात वा बीमकलाई भुक्तानी गर्ने गरी सम्झौता गरिएको हुन्छ । सोही करार बमोजिम सेवाग्राहिले उपचार गर्न पाउँछ तर बीमितले रकम भुक्तानी गरिरहनु पर्दैन । अर्थात् सबै शुल्क राज्यले नै भुक्तानी गर्दछ । विश्वका धेरै विकासित राज्य (अमेरीका, जर्मनी, जापान, बेलायत, अष्ट्रेलिया आदि) मा यस्ता कार्यक्रम प्रयोगमा रहेका छन् ।

योगदानमा आधारित विधि (Contributory Method)
बीमित स्वयंमले आशिंक वा पुरै बीमा शुल्क रकम भुक्तानी गरि बीमालेख खरिद गरी उपचार गरीने विधि हो । राज्यबाट संचालित भएमा राज्यलाई र व्यापारिक बीमकको तर्फबाट संचालन भएमा उसैलाई रकम योगदान गरी प्रयोगमा ल्याइन्छ । नेपालमा हाल संचालनमा आएको स्वास्थ्य बीमा, नेपाल सरकार, स्वास्थ्य मन्त्रालयबाट संचालित छ । यसले नेपाली नागरिकले निश्चित बीमा शुल्क सरकारको कोषमा जम्मा गर्ने गर्दछ ।

नगदरहित विधि (Cashless Method)
बीमितले उपचार गर्न जाँदा नगद लिएर जानुको सट्टामा बीमकले जारी गरेको परिचयपत्र लिएर स्वास्थ्य संस्थामा गएर उपचार गराउने विधिलाई सामान्य भाषामा नगद रहित भनिन्छ । बीमकले विभिन्न अस्पतालमा सझौता गरि बीमितले नगद साथमा नलिइकन नै उक्त निकायहरुमा गएर उपचार गराउन सक्नेछन् । बीमक (राज्य)ले अस्पतालको बिल भुक्तानी गर्ने छ । यस्तो बीमालेख विश्वमा स्वास्थ्यलाई सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत संचालित राज्यमा बढि उपयोगमा रहेको छ । यसका लागि देशमा स्वास्थ्य संस्थाको राम्रो पुर्वाधार हुन आवश्यक रहन्छ । यो विधि बीमितको लागी अत्यन्तै सरल, सहज हुने एवं तर बीमकको लागी व्यवस्थापन गर्न बढि खर्च लाग्न सक्दछ ।

भर्नामा आधारित विधि (Reimbrusement Method)
बीमितले शुरुमा आफ्नो रकम लगानी गरि उपचार गराउने र बीमालेखमा उल्लेखीत शर्तहरुको आधारमा पछि बिल पेश गरी बिमकबाट श्रोत भर्ना लिने गर्दछ । यो विधि विश्वका धेरै निकायमा प्रयोगमा रहेको छ । बीमितलाई केहि बोझिलो (उपचारको लागी लगानी गर्नु पर्ने) हुने तर बीमकलाई सहज हुने देखिन्छ । नेपालमा हाल उपयोगमा ल्याएको विधि यहि हो ।

सुरक्षामा आधारित विधि (Social Health Insurance Method)
राज्यको तर्फबाट संचालित कार्यक्रमका रुपमा यो स्वास्थ्य बीमालेख जारी गरि प्रयोगमा ल्याईने गर्दछ । यस अन्र्तगत योगदानमा आधारीत वा निःशुल्क दुवै समावेश हुन सक्नेछ ।

व्यापारिक स्वास्थ्य बीमा विधि (Commercial Health Insurance Method)
नाफा आर्जनको उदेश्यबाट संचालित निजि वा सरकारी बीमा कम्पनी मार्फत स्वास्थ्य बीमालेख जारी गरी संचालनमा रहने स्वास्थ्य बीमा नै व्यपारीक हो । धेरैले बीमा शुल्क रकम योगदान गर्ने तर सबैलाई उपचार गराउनु नपर्ने भएकोले बचत हुन गई बीमकले नाफा आर्जन गर्ने छन् । नेपालमा केहि बीमकबाट यस्ता बीमालेख जारी गरि स्वास्थ्य बीमा संचलानमा ल्याएका छन् । व्यापारिक बीमक मार्फत राज्यले समेत सामाजिक स्वास्थ्य बीमा वा निःशुल्क स्वास्थ्य बीमाका कार्यक्रमहरु सम्झौता गरी संचालन गर्न भने सक्नेछन् । यसो गर्दा राज्यको थप जनशक्ति समेत आवश्यक नपर्ने र सामाजिक सुरक्षा अन्तगर्त सर्वसाधारण बीमाको सेवा समेत पाउन सक्ने देखिन्छ । विश्वका धेरै राज्यमा यहि मोडेलबाट स्वास्थ्य बीमा कार्यक्रम संचालनमा छन् ।

अन्र्तराष्ट्रिय अभ्यास
विश्वमा यो बीमा कार्यक्रम उनाइसौं सताब्दीको शूरुदेखि विकासित राष्ट्रबाट संचालनमा रहेको हो । हाल धेरै देशमा यो योजना प्रचलनमा रहेका छन् । कतिपय देशमा राज्यको तर्फबाट यस्ता कार्यक्रम संचालनमा रहेका छन् भने कतिमा व्यापारीक बीमा कम्पनीको माध्यमबाट संचलानमा रहेका छन् । युरोपको कुरा गर्दा, जर्मनी विश्वको उत्कृष्ट स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्ने राष्ट्र मध्येको एक हो । करिब नब्बे प्रतिशत भन्दा बढि आवासीयहरुले यो स्वास्थ्य बीमा अनिवार्य रुपमा राज्यको तर्फबाट पाईरहेको तथ्यांकले देखाएको छ । अर्को राष्ट्र फ्रान्समा समेत यसको उत्कष्ट नमुनाको रुपमा कार्यक्रम संचलानमा रहि आएको छ ।

अमेरीका 
विश्वको आर्थिक साम्रज्य एवं सामाजिक सुरक्षाको अनुपम नमुना रहेको देश अमेरिकामा स्वास्थ्य बीमा कार्यक्रमको खर्च कुल ग्राहस्र्थ उतपादनको लगभग सोह्र प्रतिशत भन्दा बढि रहेको छ भन्ने अभिलखेबाट देखिएको आधारमा स्वास्थ्य बीमाको मजबुति सहजै अनुमान लगाउन सकिन्छ । त्यहाँ दोश्रो विश्व युद्ध पछि अर्थात सन् १९४० देखि नै स्वास्थ्य बीमालाई प्रयोगमा ल्याइरहेको छ । अमेरीकाले जेष्ठ नागरिकको लागि मेडिकेयर  र गरिबका लागी मेडिकेड नामक कार्यक्रम मार्फत सबै राज्यमा संचालनमा ल्याएको छ ।

जापान
एशियाको आर्थिक टाइगर वा विश्वको तेश्रो आर्थिक सामराज्य जापानको कुरा गर्दा सन् १९६१ देखि नै स्वास्थ्य बीमालाई प्रचलनमा ल्याईरहेको छ । त्यहाँ संचालित स्वास्थ्य बीमा कार्यक्रम मध्ये Society Manage HI, Govermentment HI, National HI, Long Life HC System लोकप्रिय रहेका छन् । यी मध्ये एकबाट प्रत्येक नागरिकले स्वास्थ्य बीमाको सेवा लिन सक्ने छ ।

चिलि 
दक्षिण अमेरीकी महादेशको कुरा गर्दा चिलीमा यस्ता कार्यक्रम सन् १९८० को दशकबाट नै संचलानमा रहेको र लगभग ९७ प्रतिशत नागरिक यस कार्यक्रमबाट लाभान्वित भएको तथ्यांकले देखाउँदछ । यहाँ संचालित मुख्य स्वास्थ्य बीमा कार्यक्रम मध्ये पोनासा, जुन पब्लिक हेल्थ सिष्टम वा सरकारी निकायद्धारा संचालित कार्यक्रम अन्तगर्त रहेको छ । यसले कुल जनसंख्याको लगभग ६७ प्रतिशत हिस्सा ओगटेको छ । अर्काे इसाप्रेस I SAPRES जुन निजि व्यापारीक बिमकद्धारा संचालित कार्यक्रमका रुपमा रहेको छ । यसको हिस्सा FONASAको तुलनामा केहि कम रहेको देखिन्छ । दुवै सरकारी तथा निजि कार्यक्रमको नियमन  चाहिं इसाप्रेस मार्फत नै गर्दछ भनि उल्लेख गरिएको छ ।

भारत
बीमा क्षेत्रमा दक्षिण एशियाली रोल मोडलका रुपमा रहेको भारतमा सन् १९४८ देखि नै यस्ता कार्यक्रम संचालनमा रहि आएका छन् । यहाँ के छैन भन्ने मात्र होला विश्वका आधुनिक र लोकप्रिय कार्यक्रमहरु प्रायः संचलानमा रहेको अभिलेखबाट प्रष्ट हुन सकिन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]