August 28th, 2018

बिम्सटेक सम्मेलन २०१८ : यस्ता छन् प्राथमिकताका विषयहरु

बैंकिङ खबर । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास अर्थात बिम्सटेक सम्मेलन यसपटक काठमाडौमा हुँदैछ । अगष्ट ३० र ३१ अर्थात यही भदौ १४ र १५ गते हुन लागेको सम्मेलनमा पाँच क्षेत्रलाई प्राथमिकतामा राखेर छलफल गरिने भएको छ । 

सञ्जाल विस्तार
विम्सटेकका सदस्य राष्ट्रहरुको बीचमा संजाल विस्तार गर्ने विषयलाई पहिलो प्राथमिकतामा राखिएको छ । बिम्सटेकमा नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार र थाइल्यान्ड सदस्य रहेका छन् । यी देशहरु बीचमा सडक तथा हवाई लगायतका माध्यमबाट कनेक्टिभीटी बढाउने विषयमा सम्मेलन केन्द्रित रहने भएको छ । 

गरिबी निवारण
गरिबी निवारणको विषयलाई पनि सम्मेलनमा छलफल गरिने भएको छ । अहिले बिम्सटेक सदस्य राष्ट्रमा बसोबास गर्ने १ अर्ब ६८ करोड जनसंख्यामध्ये झन्डै ४० करोड गरिबीको रेखामुनि रहेका छन् । नेपालमा पनि झन्डै २५ प्रतिशत जनता गरिबीको रेखामुनी छन् । 

व्यापार एवम् लगानी विस्तार
सदस्य राष्ट्रहरुको बीचमा व्यापार एवम् लगानी विस्तारको विषयमा छलफल गर्नु पनि यस बिम्सटेक सम्मेलनको उद्देश्य रहेको छ । 

जलवायु परिवर्तन
पछिल्लो समय विकराल बन्दै गएर जलवायु परिवर्तन सम्बन्धी समस्याको छलफल पनि सम्मेलनमा गरिने भएको छ । जलवायु परिवर्तनसम्बन्धी एजेन्डालाई दिगोपनासँग जोडेर छलफल गरिने बताइएको छ । 

जलविद्युत्
ऊर्जा क्षेत्रअन्तर्गत सबै मुलुकबीच प्रसारण लाइन विस्तार गरी व्यापार खुला गर्ने विषयलाई यसपटक सम्मेलनको एजेण्डामा समावेश गरिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]