सगरमाथा फाइनान्स कम्पनिले आफ्ना शेयरधनीहरुलाई बोनस शेयर वितरण गर्ने भएको छ । फाइनान्सले वितरणका लागि प्रस्ताव गरेको १५.८५ प्रतिशत बोनस शेयर राष्ट्र बैंकले स्वीकृत गरेको छ । फाइनान्सले गतबर्षको मुनाफाबाट उक्त लाभासं प्रस्ताव गरेको थियो । प्रस्तावीत लाभांस कम्पनीको आगामी साधारण सभाले पारित गरेपश्चात शेयरधनीलाई वितरण गरिनेछ ।
कम्पनीले गत आर्थिक बर्षमा ८ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको चुक्तापुँजी ३१ करोड ८७ लाख रुपैयाँ रहेको छ । १५.८५ प्रतिशत बोनशपश्चात कम्पनीको चुक्तापुँजी करिब ३७ करोड रुपैयाँ पुग्नेछ । त्यस्तै, फाईनान्सले चालु आर्थिक बर्षको तेस्रो त्रैमास अर्थात चैत्र मसान्तसम्ममा ६ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिशेयर आम्दानी २६ र मूल्य आम्दानी अनुपात ११.४५ र निस्क्रिय कर्जा अनुपात केही बढेर ३.८३ प्रतिशत पुगेको छ । सगरमाथाको जगेडा कोषमा १७ करोड रुपैयाँ छ ।


