Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

नविल बैंकमा संचालकको हेरफेर

२०७५ भाद्र ५ गते

बैंकिङ खबर । नविल बैंक लिमिटेडको संचालकको हेरफेर भएको छ । बैंकको संस्थापक सेयरधनी एनबी इन्टरनेशनलले सञ्चालक समितिमा आफ्नो प्रतिनिधि परिवर्तन गरेको हो । एनबीले यसअघि संचालक रहेका आशिष शर्माको ठाउँमा मलय मुखर्जीलाई प्रतिनिधित्व गराएको छ । उनले भदौ १ गतेदेखि नै पदबहाली गरिसकेका छन् । बैंकको ४९३औँ संचालक समितिबाट उनी मनोनित भएका हुन् ।

विदेशी कम्पनी एनबी इन्टरनेशनलको नविलमा ५० प्रतिशत सेयर स्वामित्व रहेको छ ।