August 20th, 2018

आठ बैंकको निक्षेप संकलन एक खर्बमाथि, कर्जा प्रवाहमा कुन अगाडी ?

बैंकिङ खबर । मुनाफा आर्जनमा सबैभन्दा अब्बल राष्ट्रिय वाणिज्य बैंक निक्षेप संकलन गर कर्जा प्रवाहमा पनि सबैभन्दा अगाडी देखिएको छ । यस सँगको कडा प्रतिष्पर्धामा एनआईसी एशिया बैंक रहेको छ । राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंक लगायत नेपाल इन्भेष्टमेन्ट बैंक, नविल बैंक, एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक, कृषि विकास बैंक र सिद्धार्थ बैंक गरी आठ वटा बैंकको निक्षेप संकलन एक खर्ब माथि छ । कर्जा प्रवाह भने राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र नविल बैंकको मात्रै एक खर्ब नाघेको छ । 

आठ बैंकको निक्षेप संकलन खर्बमाथि
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्षसम्ममा एक खर्ब ६९ अर्ब १७ करोड ७२ लाख ९१ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २० अर्ब ८७ करोड २२ लाख १३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

एक खर्ब ५१ अर्ब १९ करोड ९९ लाख ८६ हजार रुपैयाँ निक्षेप संकलन गरेको एनआईसी एशिया बैंक लिमिटेडले एक खर्ब २० अर्ब ६६ करोड ६३ लाख ९१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले एक खर्ब ४० अर्ब सात करोड ११ लाख ६७ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २२ अर्ब ३८ करोड ८४ लाख ३८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

नाफाका आधारमा दोस्रो स्थानमा रहेको नविल बैंक लिमिटेडले एक खर्ब ३५ अर्ब  ९७ करोड ८४ लाख २०  हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १२ अर्ब ३९ करोड ८० लाख ४८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

एक खर्ब १४ अर्ब ८५ करोड २४ लाख ६२ हजार रुपैयाँ निक्षेप संकलन गरेको एभरेष्ट बैंक लिमिेटडले ९३ अर्ब ९९ करोड १५ लाख ८७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

ग्लोबल आईएमई बैंक लिमिटेडले एक खर्ब छ अर्ब ५१ करोड चार लाख ३६ हजार रुपैयाँ निक्षेप संकलन गरी ९३ अर्ब ३७ करोड ३४ लाख १८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

कृषि विकास बैंक लिमिटेडले एक खर्ब पाँच अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ९६ अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

एक खर्ब एक अर्ब रुपैयाँ निक्षेप संकलन गरेको सिद्धार्थ बैंकले ८६ करोड १३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

अन्य बैंकको विवरण
नेपाल बैंक लिमिटेडले ९९ अर्ब ८३ करोड १३ लाख ७८ हजार रुपैयाँ निक्षेप संकलन गरी ७९ अर्ब ६३ करोड २४ लाख ९५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

९९ अर्ब ७४ करोड ३० लाख ४५ हजार रुपैयाँ निक्षेप संकलन गरेको हिमालयन बैंकले ८६ अर्ब ८४ करोड ६६ लाख ४६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रभु बैंक लिमिटेडले ९७ अर्ब २५ करोड ९६ लाख ६५ हजार रुपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब ९८ करोड पाँच लाख ६५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

८४ अर्ब ५० करोड ७१ लाख २६ हजार रुपैयाँ निक्षेप संकलन गरेको एनएमबि बैंक लिमिटेडले ७५ अर्ब ६४ करोड ५९ लाख १७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

नेपाल एसबीआई बैंकले ८४ अर्ब २१ करोड ६४ लाख १८ हजार रुपैयाँ निक्षेप संकलन गरी ७४ अर्ब ५० करोड २२ लाख २२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्राइम कमर्सियल बैंक लिमिटेडले ८१ अर्ब ३१ करोड २९ लाख ६८ हजार रुपैयाँ निक्षेप संकलन गरी ६९ अर्ब ७० करोड ९६ लाख दुई हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सानिमा बैंक लिमिटेडले ७९ अर्ब १८ करोड ३३ लाख ४७ हजार रुपैयाँ निक्षेप संकलन गरी ६८ अर्ब ६६ करोड ३६ लाख ९२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

लक्ष्मी बैंक लिमिटेडले ७६ अर्ब ७३ करोड ५८ लाख ६६ हजार रुपैयाँ निक्षेप संकलन गरी ६१ अर्ब ९७ करोड २० लाख ३२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

बैंक अफ काठमाण्डू लिमिटेडले ७६ अर्ब ७७ करोड ४२ लाख ४८ हजार रुपैयाँ निक्षेप संकलन गरी ६९ अर्ब ४६ करोड ३२ लाख ९४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

माछापूच्छ्रे बैंक लिमिटेडले ७६ अर्ब ४७ करोड ४७ लाख २० हजार रुपैयाँ निक्षेप संकलन गरी ६४ अर्ब ३६ करोड ५६ लाख ६५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

कुमारी बैंक लिमिटेडले ६९ अर्ब ६५ करोड १२ लाख २३ हजार रुपैयाँ निक्षेप संकलन गरी ६२ अर्ब ७४ करोड नौ लाख ७३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

सनराइज बैंक लिमिटेडले ६९ अर्ब ४८ करोड १४ लाख ५३ हजार निक्षेप संकलन गरी ६० अर्ब ५४ करोड ५८ लाख ३९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

स्टान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले ६७ अर्ब ३८ करोड ७७ लाख ५७ हजार रुपैयाँ निक्षेप संकलन गरी ४६ अर्ब १४ करोड ८४ लाख पाँच हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक लिमिटेडले ६३ अर्ब ३२ करोड ८५ लाख ५९ हजार रुपैयाँ निक्षेप संकल गरी ५५ अर्ब एक करोड ३२ लाख २९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

६२ अर्ब ९६ करोड ४५ लाख ४५ हजार रुपैयाँ निक्षेप संलकन गरेको मेगा बैंक नेपाल लिमिटेडले ५६ अर्ब ४० करोड ३३ लाख ६९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ६१ अर्ब ४८ करोड १३ लाख १६ हजार रुपैयाँ निक्षेप संकलन गरी ५७ अर्ब ९५ करोड ४९ लाख ९६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
 
६१ अर्ब ३२ करोड १५ लाख ५० हजार रुपैयाँ निक्षेप संकलन गरेको सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ५४ अर्ब ९८ करोड ८५ लाख आठ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

६० अर्ब ३० करोड २२ लाख ४० हजार रुपैयाँ निक्षेप संकलन गरेको जनता बैंक नेपाल लिमिटेडले ५४ अर्ब ६० करोड ७८ लाख ३४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

४७ अर्ब ९८ करोड २८ लाख १३ हजार रुपैयाँ निक्षेप संकलन गरेको नेपाल बंगलादेश बैंक लिमिटेडले ४२ अर्ब ४० करोड छ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

४१ अर्ब एक करोड २६ लाख ७१ हजार रुपैयाँ निक्षेप संकलन गरेको सिभिल बैंक लिमिटेडले ३९ अर्ब ४६ करोड नौ लाख ७९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]