Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

‘राष्ट्रिय अर्थतन्त्रमा वित्तीय क्षेत्रको योगदान अतुलनीय’

२०७५ श्रावण १८ गते

बैंकिङ खबर । डेभलपमेन्ट बैंकर्स संघका कार्यबाहक अध्यक्ष गोविन्द ढकालले नेपालमा अन्य उद्योग व्यवसायहरुको तुलनामा वित्तीय क्षेत्र माथि पुगेको बताएका छन् । मिडिया इन्टरनेशनलद्धारा शुक्रबार आयोजित एक अन्तक्र्रिया कार्यक्रममा बोल्दै ढकालले बैंकिङ क्षेत्रमा राष्ट्र बैंकको नियमन एवम् लगानीकर्ताको सतर्कताका कारण केही समयअघि भएका विकृतिहरु अब निर्मूल भइसकेर बैंकिङ क्षेत्र निकै सबल भएको बताए । बैंक तथा वित्तीय संस्थाहरुको नेटवर्क ठूलो भएको हुँदा यस क्षेत्रले धेरैलाई रोजगारी प्रदान गरेको उनले उल्लेख गरे । रोजगारी सृजना र उद्यमशीलता विकासको माध्यमबाट बैंकहरुले मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको उनको भनाई छ ।

कार्यक्रममा माइक्रोफाइनान्स बैंकर्स एसोसिएसनका वरिष्ठ उपाध्यक्ष प्रकाश राज शर्माले लघुवित्त क्षेत्रले बैंकिङ पहुँच विस्तारमा ठूलो योगदान पुर्याएको बताए । बैंक तथा वित्तीय संस्थाबाट कुल २५ खर्ब कर्जा प्रवाह भएकोमा ५ प्रतिशतभन्दा बढी हिस्सा माइक्रोफाइनान्सको रहेको उल्लेख गर्दै शर्माले गरिबी न्युनीकरणमा लघुवित्तको भूमिका अतुलनीय रहेको बताए । लघुवित्तले द्धन्द्धको समयमा पनि ग्रामीण क्षेत्रको अर्थतन्त्र चलायनमान बनाएको उनले बताए ।

त्यस्तै, इजी लिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डीपी अर्यालले रेमिट्यान्सले अर्थतन्त्रमा पुर्याएको योगदानको चर्चा गरे । उनले पछिल्लो समय नेपाल राष्ट्र बैंकको निगरानी एवम् नियमकानुनमा कडाई गरिएका कारण हुण्डीमा कमी आएको जानकारी दिए । 

कार्यक्रममा बोल्दै मिडिया इन्टरनेशनलका अध्यक्ष माधव निर्दोषले आफू दक्ष भए बैंक तथा वित्तीय संस्थाहरुमा रोजगारीको अवसर प्रशस्त रहेको बताए ।  

Ad