Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

चौतारी लघुवित्तको नाफामा ७५ प्रतिशतले बढोत्तरी 

२०७५ श्रावण ४ गते

बुुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुुवित्त वित्तीय संस्था लिमिटेडले आ.ब. २०७४।०७५ मा कूल एक करोड ६१ लाख ३७ हजार संचालन मुनाफा हासिल गरेको छ । संस्था गत आ.ब.को तुलनामा ७५ प्रतिशतले नाफा बढाउन सफल भएको हो ।

कर्जातर्फ गत आ.ब.को तुलनामा  १०४ प्रतिशतले बृद्दि भई ७८ करोड ५३ लाख पुर्याएको छ भने बचततर्फ १४९ प्रतिशतले बृद्दि भई कूल बचत २२ करोड ०८ लाख ७२ हजार पुर्याएको छ । 

गत वर्ष १० जिल्ला कार्य क्षेत्र रहेकोमा यस वर्षदेखि १५ जिल्ला कार्यक्षेत्र भई ४० शाखा संजाल मार्फत् कूल २६६०४ जना विपन्न्न वर्गका महिलाहरुलाई समूहमा आवद्द गरी कर्जा तथा बचत सेवाको माध्यमबाट आर्थिक एवं सामाजिक विकासमा टेवा पुुर्याउँदै आइरहेको कुरा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले बताए ।

Ad