Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

सुमन शर्माले सम्हाले माछापूच्छ्रे बैंकमा सीईओको कार्यभार

२०७५ जेष्ठ २८ गते

सोमबार (जेठ २८ गते) देखि सुुमन शर्माले माछापूच्छ्रे बैंकमा प्रमुख कार्यकारी अधिकृत पदको कार्यभार सम्हालेका छन् ।

२१ बर्षको बैंकिङ्ग अनुभव भएका शर्माले नेपाल एस.वि.आई.बैंकबाट बैंकिङ्ग करिअर सुरु गरेका थिए । सो पश्चात उनले एन.एम.बि. बैंक र माछापूच्छ्रे बैंक हँुुदै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । माछापूच्छ्रे बैंकमा यसअघि उनले झण्डै ३ वर्ष नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेका थिए । 

बैंकिङ्ग क्षेत्रका विभिन्न विषयहरुमा विज्ञता हासिल गरेका शर्मा कर्जा व्यवस्थापन र जोखिम व्यवस्थापनमा उत्कृष्ट मानिन्छन् । नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर गरेका उनले भौतिकशास्त्र र अर्थशास्त्र विषयमा समेत स्नातकोत्तर गरेका छन् ।

शर्मा महेन्द्र विद्याभुषण (२०५४), महेन्द्र विद्याभुषण (२०६२), तारापद चौधरी पदक जस्ता थुप्रै पदकबाट सम्मानित भएका छन् ।