June 11th, 2018

सुमन शर्माले सम्हाले माछापूच्छ्रे बैंकमा सीईओको कार्यभार

सोमबार (जेठ २८ गते) देखि सुुमन शर्माले माछापूच्छ्रे बैंकमा प्रमुख कार्यकारी अधिकृत पदको कार्यभार सम्हालेका छन् ।

२१ बर्षको बैंकिङ्ग अनुभव भएका शर्माले नेपाल एस.वि.आई.बैंकबाट बैंकिङ्ग करिअर सुरु गरेका थिए । सो पश्चात उनले एन.एम.बि. बैंक र माछापूच्छ्रे बैंक हँुुदै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । माछापूच्छ्रे बैंकमा यसअघि उनले झण्डै ३ वर्ष नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेका थिए । 

बैंकिङ्ग क्षेत्रका विभिन्न विषयहरुमा विज्ञता हासिल गरेका शर्मा कर्जा व्यवस्थापन र जोखिम व्यवस्थापनमा उत्कृष्ट मानिन्छन् । नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर गरेका उनले भौतिकशास्त्र र अर्थशास्त्र विषयमा समेत स्नातकोत्तर गरेका छन् ।

शर्मा महेन्द्र विद्याभुषण (२०५४), महेन्द्र विद्याभुषण (२०६२), तारापद चौधरी पदक जस्ता थुप्रै पदकबाट सम्मानित भएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]