May 15th, 2018

नेपालमा बीमा साक्षरता १५ प्रतिशतभन्दा कम

रेखा चन्द । नेपालमा बीमा क्षेत्रको पहुँच एकदमै कम रहेको छ । बीमा पहुँचका साथसाथै बीमा शिक्षाको पनि कमी छ । तथ्यांकअनुसार, नेपालको १४.७६ प्रतिशत जनतामा मात्रै बीमा शिक्षा रहेको छ । यो तथ्यांकमा वैदेशिक रोजगारीमा गएर व्यक्तिहरुलाई पनि गणना गरिएको छ ।

निर्जीवन र जीवन बीमा कम्पनी गरी नेपालमा हाल कुल ३५ वटा बीमा कम्पनीहरु संचालनमा छन् भने पुनर्बिमा कम्पनी एउटा रहेको छ । सबै बीमा र निर्जिवन गरेर मुलुकभर बीम कम्पनीका कुल १३८५ वटा शाखा तथा उपशाखा रहेका छन् । 

जीवन बीमा कम्पनीको पहुँच
नेपालमा हाल १८ वटा जीबन बीमा कम्पनीहरु सञ्चालनमा छन् । यी कम्पनीका कुल ९१२ वटा शाखा तथा उपशाखाहरु रहेका छन् । प्रदेशगत आधारमा हेर्दा सबै प्रदेशमा जीवन बीमाको पहुँच पुगेको छ । 

हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरु
हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरु निम्नानुसार छन् :
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड
अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
राष्ट्रिय बीमा संस्थान
आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड
प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड 

कुन प्रदेशमा कति शाखा ?
जीवन बीमा कम्पनीका कुल शाखा तथा उपशाखाहरुमध्ये, सबैभन्दा धेरै प्रदेश न. ३ मा २१८ वटा र सबैभन्दा कम प्रदेश न. ६ मा ५३ वटा शाखा तथा उपशाखाहरु रहेका छन् । त्यस्तै, प्रदेश न. १ मा १६३ वटा, प्रदेश न. २ मा १३० वटा, प्रदेश न.४ मा ८१ वटा, प्रदेश न. ५ मा १४९ वटा र प्रदेश न. ७ मा ११८ वटा शाखा  तथा उपशाखामार्फत जीवन बीमा कम्पनीहरुले सेवा प्रदान गरिरहेका छन् ।

निर्जिवन बीमा कम्पनीको पहुँच
नेपालमा हाल १७ वटा निर्जीबन बीमा कम्पनीहरु संचालनमा छन् । यी कम्पनीका कुल ४७३ वटा शाखा तथा उपशाखा रहेका छन् । प्रदेशगत आधारमा हेर्दा निर्जिवन बीमा कम्पनीका शाखा हरु सबै प्रदेशमा छन् ।

हाल संचालनमा रहेका निर्जीबन बीमा कम्पनीहरु
हाल संचालनमा रहेका निर्जीबन बीमा कम्पनीहरु निम्नानुसार छन् :
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड
दि ओरियण्टल इन्स्योरेन्स कम्पनी लिमिटेड
नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेड
हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड
युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड
प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड
एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड
नेको इन्स्योरेन्स लिमिटेड
सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड
प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड
एनबि इन्स्योरेन्स कम्पनी लिमिटेड
प्रेडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड
एन एल जी इन्स्योरेन्स कम्पनी लिमिटेड
सिद्धार्थ इन्स्योरेन्स लिमिटेड
राष्द्रिय बीमा कम्पनी लिमिटेड

कुन प्रदेशमा कति शाखा ?
निर्जीबन बीमा कम्पनीका कुल शाखा तथा उपशाखाहरुमध्ये सबैभन्दा धेरै प्रदेश न.३ मा १५२ वटा र सबैभन्दा कम प्रदेश न. ६ मा २१ वटा शाखा तथा उपशाखाहरु रहेका छन् । त्यस्तै, प्रदेश न. १ मा ६४ वटा, प्रदेश न. २ मा ५९ वटा, प्रदेश न. ४ मा ६० वटा, प्रदेश न. ५ मा ८५ वटा र प्रदेश न. ७ मा ३२ वटा शाखा तथा उपशाखामार्फत निर्जीबन बीमा कम्पनीहरुले सेवा प्रदान गरिरहेका छन् ।

बीमा समितिको पहल
बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले बीमा शिक्षा बढाउनका लागि विभिन्न पहलहरु गरिरहेको छ । अब, स्कुल लेभलको पाठ्यक्रममा नैबीमा सम्बन्धी विषय अनिवार्य गर्ने पहल भइरहेको बीमा समितिको दाबी छ । स्कुल लेभलदेखि नै बीमाको विषयमा विस्तृत अध्ययन गराइनुपर्ने आवश्यकता महशूस गरी यस्तो व्यवस्थागर्न लागिएको समतिको भनाइ छ । यसबाहेक, बीमा समितीले बीमा साक्षरता बढाउन विभिन्न ठाँउमा गएर अभिकर्ता तालिम लगायत कृषि मन्त्रालयसँग मिलेर विभिन्न तालिमहरु सञ्चालन गर्नुका साथै जनचेतनामुलक कार्यक्रमहरु समेत गरिरहेको छ । बीमा कम्पनीहरुले पनि आआफ्नो स्थानबाट बीमा शिक्षा बढाउन योगदान पुर्याइरहेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]