रुपा कोइराला/बैंकिङ खबर । गण्डकी विकास बैंक लिमिटेडले पूर्व मेचीदेखि पश्चिक महाकालीसम्म शाखा विस्तार गर्ने भएको छ । बैंकले हाल केन्द्रीय कार्यालयसहित देशका विभिन्न ठाउँहरुमा गरी ५९ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबिबिएस, एटिएम, ईसीसी, आईपिएस, सीआस्वा, मोबाइल बैकिङ्ग, लघुवित्त सेवा र रेमिट्यान्स सेवा दिइरहेको छ । प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ । साथमा न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आबद्घ लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको छ ।
यसबाहेक, बैंकले निकट भविष्यमा नै विभिन्न ठाउँमा १८ वटा शाखाहरु संचालनमा ल्याउन लागेको जानकारी दिएको छ । चालू आर्थिक वर्षभित्रमा नै १८ वटै शाखा संचालनमा ल्याइसक्ने बैंकले जानकारी दिएको छ । यस पश्चात बैकका कुल ७७ वटा शाखा कार्यलयहरु हुने छन् । राजधानीमै केन्द्रीय कार्यालय भएर पनि कतिपय बैंकहरु मुलुकभर फैलिन नसकिरहेको अवस्थामा गण्डकी विकास बैंकले दुर्गम भेगहरुलाई समेत समेटेर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नै शाखा विस्तार गरिरहेको छ । हिमालपारीका जिल्लाहरु मनाङ र मुस्ताङमा समेत शाखा विस्तार गरी गण्डकी विकास बैंकले बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
हाल संचालनमा रहेका शाखाहरु
गण्डकी विकास बैंकको केन्द्रीय कार्यालय पोखराको चिप्लेढुंगामा रहेको छ । बैंकका शाखाहरु काठमाडौँ उपत्यकाभित्र चार वटा मात्रै रहेका छन् । अन्य सबै शाखाहरु मुलुकका अन्य स्थानहरु रहेका छन् ।
उपत्यकाभित्रका शाखाहरु
काठमाडौँ उपत्यकाभित्र गण्डकी विकास बैंकका चार वटा शाखा संचालनमा छन् । काठमाडौँको सामाखुशी, ललितपूरको पाटन, काठमाडौँको खिचापोखरी, काठमाडौँकै महाराजगञ्जमा बैंकले शाखा विस्तार गरी बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
उपत्यकाबाहिरका शाखाहरु
पोखरामा गण्डकीका गगनगौँडा, तालचोक, लेखनाथ, लेकसाइड शाखा, विरौटा शाखा, अमरसिंह शाखा, बगर शाखा, न्युरोड शाखा, लेखनाथ शाखा र चौठे शाखा गरी १० शाखा संचालनमा रहेका छन् । रुपन्देहीको भैरहवामा दुई वटा र बुटवलमा दुई वटा शाखा संचालनमा ल्याएको गण्डकी विकास बैंकले रुपन्देहीकै मिलनचोक, सेमलार, अमुवा र नयाँगाउँमा पनि शाखा विस्तार गरेको छ । त्यस्तै, चितवनको नारायणगढ, टाँडी, भरतपूर, पुलचोक, मुगलिन, चनौली र रत्ननगरमा पनि गण्डकी विकास बैंकका शाखा संचालनमा छन् ।
तनहुँको दुलेगौडा, मुस्ताङको जोमसोम, पाँचथरको फिदिम, झापाको दमक, कास्कीको हेम्जा, तनहुँको भिमड, नवलपरासीको भेडाबारी, पर्वतको कुस्मा, स्याङ्जाको वालिङ, तनहुँको दमौली, गुल्मीको तम्घास, म्याग्दीको बेनीबजार, लमजुङको वेशीसहर, पर्वतको कुस्मा, गोरखाको हरामटारी, नवलपरासीको कावासोती, नवलपरासीकै चोरमारा, बागलुङको शिवधारा, दमौली, स्याङ्जाको प्रगतिनगर, पर्वतको हुवस, नवलपरासीको बर्दघाट, स्याङजाको भुम्रे, मनाङको चामे, पर्साको अलखिया रोड, झापाको विर्तामोड, मोरङको विराटनगर र कैलालीको चौराहामा गण्डकी विकास बैंकका शाखाहरु संचालनमा छन् ।
छिटै विस्तार हुन लागेका शाखाहरु
छिटै नै गण्डकी विकास बैंकले १८ वटा शाखाहरु विस्तार गर्दैछ । दाङको घोराही, पोखराको रत्नचोक, बाँकेको नेपालगञ्ज, चितवनको खैरेनी, मकवानपूरको हेटौँडा, पाल्पाको तानसेन र काठमाडौँको बानेश्वरमा गण्डकी विकास बैंकको शाखा विस्तार हुँदैछन् । चालू आर्थिक वर्षभित्रै विस्तार हुन लागेका गण्डकीका अन्य शाखाहरुमा मनपकडी, कञ्चनपूर, कोहलपूर, सुर्खेत, तुलसीपूर, सैनामैना, पस्र्याङ, लामाचौर, इटहरी, भोजर्ड, सुद्योधन, लाहान, फुङलिङ र बर्दिवास शाखा रहेका छन् ।