Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

माछापूछ्रे बैंकको सीईओमा सुमन शर्मा नियुक्त

२०७४ चैत्र ३० गते

बैंकिङ खबर । माछापुच्छ्रे बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले शर्मालाई चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो । निरज श्रेष्ठले कार्यकाल बाँकी छँदै राजिनामा गरेपछि माछापूच्छ्रे बैंकमा प्रमुख कार्यकारी अधिकृत पद रिक्त थियो ।

अहिले ग्लोबल आईएमई बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत रहेका शर्माले केही महिना अगाडि माछापूच्छ्रे बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृतबाट राजिनामा गरेका थिए । माछापुच्छ्रेमा जानुअघि उनी एनएमबी बैंकको सहायक महाप्रबन्धक थिए । 

शर्माले सन् १९९७ मा नेपाल एसबिआई बैंकमा  अधिकृत स्तरबाट बैंकिङ करिअर सुरु गरेका थिए । यस आधारमा हेर्दा, शर्मासँग २० वर्ष लामो बैंकिङ अनुभव रहेको छ । शर्मा जोखिम तथा कर्जा लगानीका क्षेत्रमा अब्बल मानिन्छन् ।