Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

मेगा बैंकले जन्मायो पहिलो महिला सीईओ

२०७४ चैत्र ३० गते

बैंकिङ खबर । मेगा बैंक नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अनुपमा खुँजेली नियुक्त भएकी छिन् । मेगा  बैंकले नेपालको बैंकिङ इतिहासमै पहिलो पटक महिलालाई सीईओ बनाएको हो । 

खुँजेली चार वर्षका लागि मेगा बैंकको सीईओमा नियुक्त भएकी हुन् । बैंकको विहीबार गोकर्ण फरेस्ट रिसोर्टमा बसेको सञ्चालक समितिको वैठकले उनलाई सीईओको जिम्मेवारी सुम्पेको हो । दुई वर्षे कार्यकाल सकेर अनिल केशरी शाह अवकाश भएपछि उनले मेगा बैंकमा नै कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।