March 29th, 2018

प्रोग्रेसिभ फाइनान्सको अध्यक्षमा किशोर कुमार महर्जन नियुक्त

प्रोग्रेसिभ फाइनान्स लिमिटेडको संचालक समितिको अध्यक्षमा किशोर कुमार महर्जन नियुक्त भएका छन् । कम्पनीको चैत्र १३ गते बसेको संचालक समितिको बैठकले अध्यक्ष मुकुन्दप्रसाद दाहालको राजीनामा स्वीकृत गरी महर्जनलाई नियुक्त गरेको हो । दाहालले संचालक समितिको सदस्य यथावत रहने गरी अध्यक्ष पदबाट राजीनामा दिएका थिए । महर्जनको नियुक्ति चैत्र १३ गतेबाट नै लागू भएको बताइएको छ ।

यसअघि, कम्पनीको चैत्र ११ गते बसेको संचालक समितिको बैठकले संस्थापक सेयरधनीबाट प्रतिनिधित्व गरिरहेका संचालक समितिका सदस्य सिद्धिगोपाल मानन्धरको राजीनामा स्वीकृत गर्दै उक्त स्थानमा सेयरधनी किशोर कुमार महर्जनलाई नियुक्त गरेको थियो । 

नवनियुक्त अध्यक्ष किशोर कुमार महर्जनले सिभिल बैंक लि.को प्रमुख कार्यकारी अधिकृतमा दुई कार्यकाल पुरा गरि अवकास प्राप्त गरेका छन् । उनीसँग नेपालको बैंकिङ्ग क्षेत्रमा करिव ३३ बर्षको अनुभव रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]