Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

एनआईसी एशिया बैंकको मुद्दती खातामा ब्याजको अग्रीम भुक्तानी

२०७४ चैत्र ८ गते

“बैंक पनि, साथी पनि” भन्ने मुल नाराका साथ सर्वसाधारणमा केन्द्रित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको मुलुककै अग्रणी वाणिज्य बैंकहरु मध्येको एक एनआईसी एशिया बैंकले “अग्रीम ब्याज भुक्तानी मुद्दती खाता” संञ्चालनमा ल्याएको छ । 

यस योजना अन्तरगत, ग्राहकले कुनै पनि रकमको मुद्दती खाता खोली, खाता खोलेकै दिनमा ११ प्रतिशतको वार्षिक ब्याजका दरले हुन आउने ब्याजको अग्रीम भुक्तानी आफ्नो एनआईसी एशिया बैंकमा रहेकोे कुनै पनि बचत खातामा पाउन सक्नेछन् । यस मुद्दती योजना अन्तरगत, मुद्दती खाता ३ महिना, ६ महिना, ९ महिना अथवा १२ महिनाको लागि खोले पनि सम्बन्धित अवधिका लागि ११ प्रतिशतका दरले अग्रिम ब्याज भुक्तानि गरिनेछ । व्यक्तिगत र संस्थापक दुवै निक्षेपकर्ताले खोल्न सक्ने यो मुद्दती योजनामा चाहेको बेलामा जम्मा गरेको रकमको ८० प्रतिशतसम्मको कर्जा उपभोग समेत गर्न सकिनेछ । 

साथै यस्तो मुद्दती खाता खोल्ने ग्राहकहरुको रु ५ लाखसम्मको दुर्घटना बीमा पनि बैंकले नै गरिदिने छ । यस अलावा, यस्तो मुद्दती खाता खोल्ने ग्राहकहरुले बैंकले भर्खरै ल्याएको प्रिमियम समुन्नति बचत खाताको सम्पुर्ण अतुलनिय विशेषताहरुबाट समेत लाभ लिन सक्ननेछन् ।

नेपालमा हालसम्ममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले संञ्चालनमा ल्याएका विभिन्न मुद्दती खाताहरुमा रहेको बिशेषताहरुको तुलनामा अत्यन्त आकर्षक एवं अतुलनीय सुविधाहरु समेटी ल्याइएकोे यस अग्रिम ब्याज भुक्तानि मुद्दती खाता सिमीत अबधिका लागि मात्र सञ्चालनमा रहने भएकोले मौकाको फाइदा उठाइ यथाशीघ्र यस सुबर्ण अवसरबाट प्रचुर लाभ उठाउन एनआईसी एशिया बैंकले अपिल समेत गरेको छ ।  

साथै, बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर गरी १८५ शाखासहित निजी क्षेत्रको सवैभन्दा बढि शाखा सञ्जाल भएको बैंक बन्न सफल यस बैंक १८८ एटिएमसहित मुलुककै सबैभन्दा बढि एटिएम सञ्जाल भएको बैंक समेत बन्न सफल भएको छ । समग्रमा यस बैंक ४ वटा एक्स्टेन्सन काउन्टर, ३ वटा ब्रान्चलेस बैंकिङ्ग युनिट र कुल ५,००० भन्दा बढि रेमिट्यान्स पेमेन्ट एजेन्ट (प्रत्यक्षएवं अप्रत्यक्ष समेत गरी) सहित ५,३७८ भन्दा बढि भौतिक सञ्जालमार्पmत् बैकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो बैंक हुन सफल भइसकेको छ । साथै, बैंकको सेवाग्राहीहरुको संख्या १० लाखभन्दा बढि पुगी यस बैंक हाल ग्राहक संख्याको हिसाबले समेत मुलुककै अग्रणी वाणिज्य बैंक बन्न सफल भइसकेको छ । 

त्यसैगरी वित्तीय परिसुचकांकका हिसाबले समेत यस बैंक नेपालकै उत्कृष्ट बैंकहरु मध्येमा अग्रणी स्थान बनाउन सफल भइसकेको छ । बैंकको वासलातको आकार रु १४८ अर्ब भन्दा वढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रु १०४ अर्ब र कुल निक्षेप करिब रु १२४ अर्ब पुगीसकेको छ । योसँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरुमध्ये अग्रणी स्थानमा रहन यस बैंक सफल भइसकेको छ । साथै, संस्थागत सुशासन, जोखिम ब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आइरहेको छ ।