Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

सनराइन बैँकले ९ महिनामा कमायो ५८ करोड ८१ लाख मुनाफा

२०७३ बैशाख २८ गते

sunrise-bankचालू आर्थिक वर्षको ९ महिनामा सनराइज बैंकले ५८ करोड ८१ लाख रुपैँया खुद मुनाफा आर्जन गरेको छ । बैँकले गत वर्षको भन्दा साढे ७४ प्रतिशत बढी नाफा कमाएको हो । बैँकले डुबेको कर्जामध्ये केही उठाई ब्याज आम्दानीमा सुधार गरेर नाफा बढाएको हो । 
 
गत वर्ष २४ अर्ब ४८ करोडको कर्जा लगानी गरेको बैंकले चालू आर्थिक वर्षमा ३३ अर्ब ७७ करोड कर्जा लगानी गरेको छ । त्यस्तै, बैंकले खुद ब्याज आम्दानी ८३ करोडबाट बढाएर १ अर्ब २ करोड रुपैँया पुर्याएको छ । बैंकले यसपाली राइटब्याकबाट २८ करोड २० लाख रुपैयाँ आम्दानी देखाएको छ ।