Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कर्मचारीहरुद्धारा तलब बृद्धिको माग

२०७३ बैशाख २६ गते

Governmental_staff_not_incr_445584374अहिलेको तलवले जीवन धान्न पनि कठिन भएको भन्दै नेपाल निजामती कर्मचारी संगठनले तलब बृद्धिको माग गरेको छ । संगठनले कर्मचारीको आधारभूत जीवन धान्ने गरी तलब वृद्धि गर्न सरकारसँग माग गरेको हो । संगठनद्धारा आयोजित एक अन्तरसंवाद कार्यक्रममा एउटा परिवारको सबै खर्चको विश्लेषण गर्दै निजामती कर्मचारीको आधारभूत तलब सुविधा न्यूनतम मासिक २५ हजार पुर्याउन माग गरेको छ ।

अन्तरसंवाद कार्यक्रममा संगठनका अध्यक्ष पुण्यप्रसाद ढकाल र महासचिव मोहनकुमार घिमिरेले तलब वृद्धि गर्नुपर्ने विभिन्न आधार पेस गरेका थिए । महासचिव घिमिरेद्वारा प्रस्तुत गरिएको कार्यपत्रमा कर्मचारीको आधारभूत आवश्यकता परिपूर्तिका लागि आवश्यक पर्ने २ हजार २ सय ७९ क्यालोरीलाई आधार मानेर तलब वृद्धि गर्न आग्रह गरिएको छ । 

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र अर्थ मन्त्रालयका सहसचिव हरिशरण पुडासैनीले पनि उचित ढंगले कर्मचारीहरुको तलब बृद्धि गरिनुपर्ने भन्दै कर्मचारी संगठनसंग ऐक्यबद्धता जनाएका छन् ।