December 28th, 2017

मुक्तिनाथ विकास बैंकको अध्यक्षमा खिम प्रकाश मल्ल

बुधबार(पुस १२ गते) बसेको मुक्तिनाथ विकास बैंक लि.को सञ्चालक समितिको बैठकले सञ्चालक खिम प्रकाश मल्ललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ । मल्ल विगत ६ वर्षदेखि मुक्तिनाथ विकास बैंकको सञ्चालक समितिका सदस्य थिए । निवर्तमान अध्यक्ष मीन प्रसाद गुरुङ्ग प्रदेश नं. ४ अन्तर्गत स्याङ्गजा जिल्ला १ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि मल्लले उक्त जिम्मेवारी सम्हालेका हुन् । 

सञ्चालक समितिको अध्यक्षमा चयन भएपश्चात पुस १२ गते नै मल्लले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तमणि सिवाकोटीबाट पद तथा गोपनीयताको सपथ ग्रहण समेत गरेका छन् । व्यवस्थापनमा स्नातकोत्तर गर्नु भएका मल्ल हाल निर्माण व्यवसायमा संलग्न छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]