Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

जनउत्थान सामुदायिक लघुवित्तद्धारा बाख्रापालन तालिम सम्पन्न

२०७४ मंसिर २८ गते

जनउत्थान सामुदायिक लघुबित्त बिकास बैंक लिमिटेड शाखा कार्यालय लालमटियाले दुई दिने बाख्रापालन तालिम सम्पन्न गरेको छ । राप्ति गाउँपालिका वडा न २ दाङमा मंसिर २६ र २७ गते सम्पन्न तालिममा लालमटिया शाखा अन्र्तगत आवद्ध बैंकिङ समुदायका जम्मा ५२ जना समुह सदस्यहरुको प्रतिनिधित्व रहेको थियो । बैंकको केन्द्रीय कार्यालयका अधिकृत इन्द्र बरालीको अध्यक्षतामा सम्पन्न तालिममा पशु स्वास्थ्य प्राबिधिक हेमराज शर्माले तालिम दिएका थिए ।

बैंकमा आवद्ध समुह सदस्यलाई आत्मनिर्भर बनाउनको लागि उद्ममशिलताको सृर्जना गर्ने र कम्तीमा पनि प्रत्येक घर धुरीबाट एक जनालाई लघुउद्ममीको रुपमा विकास गर्ने उद्देश्यका साथ यो तालिमको आयोजना गरिएको बैंकले जनाएको छ । तालिममा सहभागी सम्पुर्ण समुह सदस्यहरुले तालिम पश्चात ब्याबसायिक बाख्रापालन गर्ने प्रतिबदता जाहेर गरेका छन् । 

यस बैंकले पूर्वको पर्सादेखि पश्चिमको कञ्चनपुर र पहाडी ५ वटा जिल्ला गरी जम्मा १५ वटा जिल्लामा २५ वटा शाखा कार्यालय स्थापना गरी करिब १८,५०० जना समुह सदस्यहरुलाई वित्तिय सेवा दिदै आइरहेको छ ।