Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

राष्ट्रिय वाणिज्य बैंकमा जब एप्लाई गर्नुभयो ? दोब्बर दस्तुरमा एप्लाई गर्ने म्याद अझै बाँकी छ

२०७४ कार्तिक ९ गते

राष्ट्रिय वाणिज्य बैंकमा जब एप्लाई गर्न छुटाउनुभयो ? धन्दा नमान्नुहोस्, दोब्बर दस्तुर तिरेर एप्लाई गर्ने म्याद कात्तिक १३ गतेसम्म रहेको छ । बैंकले ५७१ जना कर्मचारी माग गरेको छ । गत असोज ६ गते विज्ञापन जारी गरि दर्खास्त आह्वान गरेको बैंकले योग्यता पुगेका र इच्छुक नेपाली नागरिकलाई अनलाइनबाट एप्लाई गर्न आह्वान गरेको छ । 

कसरी दिने आवेदन :
जागीरका लागि अनलाइनमार्फत एप्लाई गर्नुपर्नेछ । यसका लागि बैंकले तोकेको अनलाइन दरखास्त फारममा भर्नुपर्ने सम्पूर्ण विवरणहरु भरी सबमिट गर्नुपर्नेछ । उक्त फारमका साथमा आफ्नो नेपाली नागरिकता र दरखास्त दिने पदका लागि तोकिएको अन्तिम शैक्षिक योग्यताको ट्रान्सकृप्ट, चारित्रिक प्रमाणपत्र र पासपोर्ट साइजको फोटो अनिवार्य रुपमा स्क्यान गरेर एट्याच गर्नुपर्नेछ । नेपालबाहेक अन्य मुलुकबाट हासिल गरेको शैक्षिक योग्यता भएमा सोको साथमा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता निर्धारण गरेको प्रमाणपत्र पेश गर्नुपर्नेछ भने अनुभव आवश्यक हुने पदका लागि अनुभवको प्रमाणपत्र समेत पेश गर्नुपर्नेछ । 

अनलाइन दर्खास्त फारम प्राप्त गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 

https://recruitment.rbb.com.np/rec/Default.aspx