फस्र्ट माईक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजानिक गरेको छ । कम्पनीले चालू सो अवधिमा दुई करोड ४१ लाख ३० हजार रुपैयाँ खुद मुनाफा गरेको छ । कम्पनीको मुनाफा गत आर्थिक वर्षको तुलनामा ६० प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिमा फस्र्ट माइक्रोफाइनान्सले एक करोड ५० लाख ३९ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
४५ करोड ६२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले प्रति सेयर आम्दानी २१ रुपैयाँ १५ पैसा कायम गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १ रुपैयाँ ५९ प्रतिशतले कमी हो । त्यस्तै कम्पनीको निस्कृय कर्जा भने गतवर्ष देखि नै शुन्यमा नै कायम राख्न सफल भएको छ । त्यस्तै कम्पनीको पिई रेसियो ३९ दशमलव ७५ रहेको छ ।


