Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

सबै आवेदकले पाएनन् ग्रामिण विकास बैंकको एफपिओ

२०७४ आश्विन ३१ गते
सेयर:

भदौको अन्तिम साता निष्काशन गरिएको नेपाल ग्रामिण विकास बैंकको एफपिओको बाँडफाँड मंगलबार गरिएको छ । अत्याधिक आवेदन परेका कारण सबै आवेदकलाई १० कित्ता सेयर नपुगेपछि गोलाप्रथाबाट बाँडफाँड गरिएको बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ । 

दुई लाख ५० हजार पाँच सय २४ वटा आवेदन परेकोमा ९७ हजार पाँच सय आवेदकले १० कित्ता सेयर पाएका छन् । बैंकले नौ करोड ७५ लाख रुपैयाँ बराबरको नौ लाख ७५ हजार कित्ता सेयर निष्कासन गरेको थियो । जसमा दुई अर्ब ६८ करोड ८६ लाख २९ हजार रुपैयाँ बराबरको आबेदन परेको थियो ।

बैंकले गत आर्थिक वर्षको अन्त्यसम्म ५५ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी पुर्याएको छ । एफपिओ निष्कासनपछि बैंकको चुक्ता पुँजी ६५ करोड ५० लाख रुपैयाँ पुगेको छ ।