Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंकिङ पत्रकारिता तालिम जारी

admin २०७३ बैशाख १६ गते
सेयर:

bibhu aryalमिडिया ईन्टरनेसनल अनामनगर र www.bankingkhabar.com  अनलाईनको सयुक्त आयोजनामा ३ दिने बैंकिङ पत्रकारीता तालिम सञ्चालन भइरहेको छ । तालिमको दोश्रो दिन बिहिवार राष्ट्र बैंकका उपनिर्देशक बिभु अर्यालले राष्ट्र बैंक र यसको काम कारबाहिका बारेमा प्रशिक्षण दिए । 

मिडिया ईन्टरनेसनलको सभाहलमा बुधबारदेखि सुरु भएको तालिममा विभिन्न सञ्चार माध्यमबाट गरी दुई दर्जन बढि पत्रकारहरुले सहभागिता जनाएका छन् । 
DSCN0251तालिमको शुभारम्भ गर्दै मिडिया ईन्टरनेसनलका अध्यक्ष माधव निर्दोषले पछिल्लो समयको विश्व परिवेशमा पत्रकारीता विशिष्टीकृत हुँदै गएको र त्यसको प्रभाव नेपालमा पनि परेको बताएका थिए । बैंकिङ पत्रकारीतामा सुनिएका शब्दावली सान्दर्भिक लागे तापनि पत्रकार स्वयम्ले यस्ता शब्दावली बुझेपछि मात्र उत्कृष्ट रिपोर्टिङ गर्न सक्ने भएकोले तालिम जरुरी भएको उनको भनाई छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।