Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

चितवन मेडिकल कलेजमा सनराईज बैंकको काउन्टर

२०७३ बैशाख १६ गते

sunrise bankसनराईज बैंकले चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको अस्पताल भवनमा एक्सटेन्सन काउन्टर तथा एटीएम सञ्चालनमा ल्याएको छ । काउन्टर र एटीएमको उद्घाटन चितवन मेटिकल कलेजका सञ्चालक डा. दयाराम लम्साल र सनराईजका सिइओ रत्नराज बज्राचार्यले गरे । कलेजको भरतपुर उपमहानगरपालीका –१३ कैलाशनगरस्थित शैक्षिक संस्थाको एटीएम सञ्चालन कलेजका क्लिनिकल डाइरेक्टर गोपन्द्रप्रसाद देवले गरेको बैंकले जनाएको छ । एक्सटेन्सन काउन्टरबाट बैंकले निक्षेप संकलन तथा भुक्तानी सेवा प्रदान गर्ने जनाएको छ । बैंकले ५३ वटा शाखा र ६५ एटीएमबाट सेवा प्रदान गर्दै आएको जनाएको छ ।