लघुवित्त क्षेत्रमा नयाँ प्रविधिको रुपमा ‘ट्यावलेट बैंकिङ’ भित्रिएको छ । ट्यावलेट बैंकिङ छिमेक लघुवित्तले भित्राएको हो । यो प्रविधिबाट आफ्ना ग्राहकहरुलाई सेवा दिइरहेको छिमेक लघुवित्त विकास बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका माइक्रो फाइनान्स एशोसियसनका कार्यबाहक अध्यक्ष रामचन्द्र जोशीको भनाई छ । ‘अहिले ग्राहकहरुलाई सहज तरिकाबाट सेवा सुविधा दिन ट्यावलेट बैंकिङ सञ्चालनमा ल्याइसकेका छौ’ जोशीले भने – ‘मुलुकमा बैैंकिङ प्रविधिको विकास भएसँगै हामीले ट्यालेट बैंकिङ भित्राएका छौं, यसले खर्च कम हुनुका साथै सहज तरिकाले कर्जा अशुली तथा लगानी गर्न सकिन्छ ।’ डिजिटल महिला कार्यक्रम अन्तर्गत यो प्रविधि अहिले सञ्चालन भइरहेको उनको भनाई छ । कार्यबाहक अध्यक्ष जोशीका अनुसार ट्याबलेट बैंकिङ चलाउनका लागि ग्राहक समूह मध्येबाट कम्तिमा निम्नमाध्यमिक शिक्षा पढेका महिलाहरुलाई ३ महिने तालिम दिएर पछि उनीहरुले ट्याबलेट बैंकिङ चलाउने छन् । इन्टरनेट नभएको ठाउँमा पनि ट्यावलेट बैंकिङबाट सुविधा लिन सक्ने जोशीको भनाई छ । इन्टरनेट नभएका ठाउँका लागि अफलाइन सफ्वेयर निर्माण गरिएकाले जस्तोसुकै विकट क्षेत्रमा पनि ट्यावलेट बैंकिङबाट सेवा लिन सकिने उनले बताए । ग्राहक सदस्यभित्रकै कुनै महिलालाई तालिम दिएर ट्यावलेट बैंकिङ सेवा दिन लगाउने र त्यो सेवा दिए वापत ति ग्राहकलाई पारिश्रमिक समेत दिने व्यवस्था गरिएको जोशीले बताए ।
के हो ट्याबलेट बैंकिङ :
ट्याबलेट बैंकिङ सेवा एक अत्याधुनिक बैंकिङ प्रविधि हो । ट्याबलेट बैंकिङ सेवाको माध्इयमबा ग्राहकमा कर्जा लगानी तथा असुली गर्न सक्छन । यसको माध्यमबाट ग्राहकले खाता खोलेर बचत गर्न सक्छन् । साथै बचत रकम भुक्तानी लिन पनि सक्ने छन् । रेमिट्यान्स भुक्तानी पनि यसैबाट हुने छ । बैंकले ग्रामिण तथा विछडिएका वर्गका विपन्न परिवारलाई वित्तीय सेवा पुर्याउन प्रविधिको सहायता लिइएको एशोसियसनका कार्यबाहक अध्यक्ष जोशीको भनाई छ । ट्याबलेट बैंकिङ सेवा लघुवित्तमा पहिलो पटक छिमेक लघुवित्त विकास बैंकले भित्राएको हो ।


