Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

महालक्ष्मी विकास बैंकको सञ्चालन मुनाफा एक अर्ब नाघ्यो

२०७४ श्रावण ११ गते

महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७३/७४ मा रु. १ अर्ब १० करोड संचालन मुनाफा हासिल गरेको छ । साविकको यति डेभलपमेन्ट बैंक लिमिटेड र महालक्ष्मी विकास बैंक लिमिटेड एक आपसमा गाभिएर मिति २०७४ साल आषाढ १८ गते देखि एकिकृत कारोवार शुरु गरेको यस बैंकले २०७४ साल आषाढ मसान्त सम्ममा रु. २५ अर्ब १३ करोड निक्षेप संकलन गरी रु. २० अर्ब ७२ करोड कर्जा प्रवाह गरि सकेको छ । यस बैंकको नेपालभरी जम्मा ६५ शाखा रहेको छ भने ग्राहक संख्या ३ लाख ६५ हजार पुग्न गएको छ । बैंकको चुक्ता पूंजी रु. २ अर्ब ६३ करोड रहेको छ ।

Ad