Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

पश्चिमाञ्चल र मेगाको एकीकृत कारोबार वैशाख १३ बाट

२०७३ बैशाख १० गते

mega bank nepalपश्चिमाञ्चल डेभलपमेन्ट बैँकसँग मर्जर सम्झौता भएको १५ महिनापछि मेगा बैँक नेपालले एकीकृत कारोबार सुरु गर्ने भएको छ । मर्जरपछि पनि मेगा बैँककै नामबाट बैशाख १३ गतेदेखि कारोबार सुरु गर्न लागेको हो । केही दिनअघि राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएपछि एकिकृत कारोबार सुरु हुन लागेको हो ।
 
एकिकृत कारोबारसँगै कायम भएको सेयरका आधारमा चाँडै नेप्सेमा कारोबार फुकुवा गरिने बताइएको छ ।