Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नौ वटा बैंकको हकप्रद सेयर खुला, छुटाउनुभयो कि ?

२०७४ श्रावण ८ गते

यतिबेला नौ वटा बैंक तथा वित्तीय संस्थाले हकप्रद सेयर निष्काशन गरिरहेका छन् । जसमध्ये, दुई वटा वाणिज्य बैंक, पाँच वटा विकास बैंक, एउटा फाइनान्स, एउटा लघुवित्त संस्था रहेका छन् यी नौ कम्पनीमध्ये, आफ्नो सेयर रहेको कम्पनीको हकप्रद खरिदका लागि सम्बन्धित सेयरधनीले आवेदन दिन सक्नेछन् । 

दुई वाणिज्य बैंकको सवा दुई करोडभन्दा बढी कित्ता
माछापुच्छे बैंकले गत साउन ५ गतेदेखि ७९ लाख १८ हजार चार ४० कित्ता हकप्रद सेयर निष्काशन सुरु गरेको छ । बैंकको हकप्रदमा जेठ १६ गतेसम्म कायम शेयरधनीले भदौ ७ गतेसम्म आवेदन दिन सक्नेछन् । माछापुच्छ्रे बैंकका सम्पुर्ण शाखा एवं विक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरीबाट सेयरमा आवेदन दिन सकिने छ ।

त्यस्तै, एभरेष्ट बैंकले तीन बराबरका एकको अनुपातमा एक करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रद सेयर निष्काशन गरिरहेको छ । उक्त हकप्रदमा असार ५ गतेसम्म कायम सेयरधनीले साउन २२ गतेसम्म आवेदन दिन सक्नेछन् । हकप्रदमा लगानीकर्ताले बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड काठमाडौं साथै एभरेष्ट बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौं तथा बैंकका सम्पूर्ण शाखा कार्यालयबाट पनि आवेदन सक्नेछन् ।

पाँच वटा विकास बैंकको हकप्रद पनि खुला
कामना, पूर्णिमा, सप्तकोसी, अल्पाइन र कञ्चन डेभलपमेन्ट बैंकले पनि हकप्रद सेयर निष्काशन गरिरहेका छन् । कामनाले १० बराबर तीनको अनुपातमा २४ लाख १३ हजार एक सय ३७ दशमलव ६० कित्ता हकप्रद सेयर असार ११ गतेदेखि निष्काशन गरिरहेको छ । उक्त हकप्रदमा २०७३ मंसिर १० गतेसम्म कायम सेयरधनीले साउन १५ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल मार्केट्सलाई नियुक्त गरेको छ ।

त्यस्तै, पूर्णिमाले चार बराबर एकको अनुपातमा आठ लाख ८० हजार नौ सय ६२ दशमलव ८२ कित्ता हकप्रद सेयर असार १९ गतेदेखि निष्काशन गरिरहेको छ । उक्त हकप्रदमा जेठ १५ गतेसम्म कायम सेयरधनीले साउन २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।  बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

सप्तकोशीले एक बराबर एक दशमलव तीनको अनुपातमा २७ लाख ४३ हजार कित्ता हकप्रद सेयर असार ३० गतेदेखि निष्काशन गरिरहेको छ । भदौ १ गतेसम्म उक्त हकप्रद निष्काशन खुला रहने छ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

यता, कञ्चनल १० बराबर तीनको अनुपातमा १० लाख ३९ हजार पाँच सय कित्ता हकप्रद सेयर असार ३१ गतेदेखि निष्काशन गरिरहेको छ । उक्त हकप्रदमा जेठ ३१ गतेसम्म कायम सेयरधनीले भदौ १ गतेसम्म आवेदन दिन पाउनेछन् । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

त्यसैगरी, अल्पाइनले तीन बराबर दुई दशमलव ०८को अनुपातमा १८ लाख तीन हजार दुई सय ४७ कित्ता हकप्रद सेयर असार २५ गतेदेखि निष्काशन गरिरहेको छ । उक्त हकप्रदमा जेठ २० गतेसम्म कायम सेयरधनीले साउन २९ गतेसम्म आवेदन दिन सक्नेछन् । सेयर निष्काशन तथा विक्री प्रबन्धकमा  एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

फाइनान्स र माइक्रोफाइनान्सको हकप्रद
गुडविल फाइनान्स लिमिटेडले १० बराबर छ को अनुपातमा २७ लाख २२ हजार पाँच सय कित्ता हकप्रद सेयर निष्काशन गरिरहेको छ । असार १८ गतेदेखि खुलेको उक्त हकप्रदमा हकप्रदमा असार १ गतेसम्म कायम सेयरधनीले साउन २२ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । 

त्यस्तै, लिायबल माइक्रोफाइनान्सले दुई बराबर एकको अनुपातमा हकप्रद जारी गरिरहेको छ । असार २५ गतेदेखि निष्काशन खुला भएको उक्त हकप्रदमा असार १६ गतेसम्म कायम सेयरधनीले साउन २९ गतेसम्म आवेदन दिन पाउनेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सिभिल क्यापिटल मार्केट्स रहेको छ ।

Ad