Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनआईसी एसिया बैंकको मुनाफा झन्डै डेढ अर्ब

२०७४ श्रावण ५ गते

एनआईसी एसिया बैंक लिमिटेडले गत आर्थिक वर्षमा एक अर्ब ४६ करोड ९६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ३८ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा एनआईसी एसियाले एक अर्ब छ करोड ६९ लाख रुपैयाँ नाफा गरेको थियो ।

छ अर्ब ६९ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले असार मसान्तसम्ममा ८६ अर्ब ६९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । जुन गतवर्षको तुलनामा २४ प्रतिशतले बढी हो । बैंकले अघिल्लो आर्थिक वर्षमा ६९ अर्ब करोड निक्षेप संकलन गरेको थियो । कर्जातर्फ पनि बैंकले २२ दशमलव ४६ प्रतिशत बढाएर ७१ अर्ब ५८ करोड रुपैयाँ लगानी गरेको छ । जबकि, अघिल्लो आर्थिक वर्षमा बैंकले ५८ अर्ब ४५ करोड कर्जा लगानी गरेको थियो ।

उक्त अवधिमा बैंकको सञ्चालन मुनाफा २३ दशमलव ४३ प्रतिशतले बढेर एक अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । जबकि अघिल्लो वर्ष यस्तो मुनाफा एक अर्ब ३६ करोड रुपैयाँ थियो । बैंकको पुँजी कोष अनुपात गत आर्थिक वर्षमा १३ दशमलव ९५ प्रतिशत रहेको छ । बैंकले गत आर्थिक वर्षमा खराब कर्जा अनुपात एक वर्षमा शून्य ३६ प्रतिशतमा झारेको छ । अघिल्लो वर्ष बैंकको खराब कर्जा अनुपात शुन्य ७६ प्रतिशत थियो । बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ रहेको छ ।

Ad