Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मुक्तिनाथ विकास बैंकले कमायो झन्डै ५० करोड मुनाफा

२०७४ श्रावण ५ गते

मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षमा ४९ करोड ६३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा ३५ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको बैंकले गत आर्थिक वर्षमा ३८.५४ प्रतिशतले वृद्धि गर्दै उक्त खुद मुनाफा आर्जन गरेको हो । 

चुक्तापुँजी एक अर्ब ५४ करोड ५८ लाख रुपैयाँ पुर्याएको मुक्तिनाथ विकास बैंकले जगेडा कोषमा ७७ करोड ६० लाख रुपैयाँ छुटाएको छ । निक्षेपमा ४८ दशमलव ७६ प्रतिशतले वृद्धि गरी १६ अर्ब ७७ करोड ५२ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ५४ दशमलव ६४ प्रतिशतले वृद्धि गरी १५ अर्ब ३१ करोड ६३ लाख रुपैयाँ लगानी गरेको छ । 

बैंकको खुद ब्याज आम्दानी ४९ दशमलव २७ प्रतिशतले बढेर एक अर्ब तीन करोड आठ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ३८ दशमलव ६४ प्रतिशतले बढेर ७३ करोड ९५ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा पाँच करोड ६७ लाख रुपैयाँ राखेको छ भने खराब कर्जा ५९ लाख रुपैयाँ उठाएको छ ।

मुक्तिनाथ विकास बंैकको निष्कृय कर्जा शून्य दशमलव शून्य २ प्रतिशत, पँुजी कोषको अनुपात १४ दशमलव ९६ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक ३२ दशमलव ११ रुपैयाँ, मूल्य आम्दानीको अनुपात वार्षिक ३० दशमलव २४ गुणा, प्रतिशेयर नेटवर्थ १४ दशमलव ८० रुपैयाँ र तरलता अनुपात २२ दशमलव ६७ प्रतिशत रहेको छ ।

Ad