Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बाहिरी दुई देशमा सम्पर्क कार्यालय खोल्नेमा पहिलो बन्यो ग्लोबल आइएमई बैँक

२०७३ बैशाख ८ गते

IMG_9467ग्लोबल आइएमई बैंकले बुधबारदेखि भारतमा सम्पर्क कार्यालयको सुरुवात गरेको छ । भारतको नयाँ दिल्लीस्थित सम्र्पक कार्यालयको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल तथा भारतीय रिजर्व बैंकका जेनेरल म्यानेजर के. बि. पण्डितले संयुक्त रुपमा उद्घाटन गरे । यससँगै, अन्र्तराष्टिय स्तरमा अष्टेलिया र भारतगरी दुई देशमा सम्पर्क कार्यालय खोल्ने ग्लोबल आईएमई बैंक नेपालको पहिलो बाणिज्य बैक भएको छ ।

कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले संपर्क कार्यालय मार्पmत भारत र नेपालका बिचमा आयात निर्यात ब्यापार/बिप्रेषण तथा बैदेशिक लगानी प्रबद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्ति गरे । उनले नेपालबाट भारतमा स्वास्थोपचारका लागी हुने भूक्तानीमा हाल बिद्यमान रहेको असहज अवश्था समाधानका लागि पनि बैकले आवश्यक पहल सुरु गरिसकेको जानकारी दिए । 

यस्तै बैँकका सीईओ अनिल ज्ञवालीले रोजगारीको सिलसिलामा भारतमा रहेका नेपालीहरुको माध्यमबाट विप्रेषण आप्रवाह बढाउनमा यो सम्पर्क कार्यालयले सहजकर्ताको भुमिका निर्वाह गर्ने बताए । 

IMG_9486कार्यालय शुभारम्भको अवसरमा दिल्ली स्थिीत कुटनितीक नियोगका प्रतिनिधी, पत्रकार र अन्य अतिथिहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।