Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

लुम्बिनी बिकास बैंकले विस्तार गर्यो ५१औँ शाखा 

२०७४ श्रावण १ गते

लुम्बिनी बिकास बैंक लिमिटेडले “ग्रामिण क्षेत्र बैंकिङ्ग अबको प्राथमिकता” अन्तर्गत बहुसंख्यक जनता(ग्राहक) लाई बैंकिङ्ग सेवा पुर्याउने घोषित नीतिअनुरुप सुनसरी जिल्लाको हरिनगरा गाउँपालिका, वडा नं. ४हरिनगरामा आफ्नो ५१औं शाखा कार्यालय स्थापना गरेको छ । उतmशाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका निर्देशक रामु पौडेलले गरे ।

स–साना निक्षेप परिचालन तथा कृषि एवम् साना ब्यवसायमा कर्जा लगानी गरि तराई मधेश भेगका बासिन्दाहरुमा बैंकिङ्ग सेवाको पहुँच अभिबृद्धि गर्ने उद्धेश्यका साथ उक्त शाखालाई सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । 

बैंकको केन्द्रीय कार्यालय काठमाडौंमा रही देशका विभिन्न भागमा रहेका यस शाखा सहित कुल शाखा संख्या ५१ र एटीएम संख्या १२ पुगेको छ । आफ्ना शाखा कार्यालयहरुबाट बैंकले विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एबीबीएस, मोबाइल बैंकिङ लगायतका बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आफ्नो सेवालाई आधुनिकीकरण र परिमार्जन गर्दै लगेको छ ।                           

Ad