Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ईजरायली राजदुतद्वारा नेपाल बैकको अवलोकन 

२०७४ असार २२ गते

नेपालका लागि इजरायली राजदुत यारोन मायरले धर्मपथ काठमाडौँस्थित नेपाल बैंक लिमिटेडको प्रधान कार्यालयको अवलोकन भ्रमण गरेका छन् । सो अवसरमा बैंकमा आयोजित कार्यक्रममा राजदुत मायोरले सन १९६० मा तत्कालीन प्रधानमन्त्री वी.पी. कोइरालाको ऐतिहासिक भ्रमण पश्चात श्रीगणेश भएको नेपाल इजरायल सम्वन्ध ७७ वर्ष लामो कालखण्ड पार गरी अत्यन्त प्रगाढ बनेको बताउँदै पुनःनिर्माण र पुनःसंरचनाको चरणबाट गुज्रिरहेको नेपालमा हर तरहले सघाउन इजरायली प्रतिवद्धता प्रकट गरे ।  नविनतम खोज(एनोभेसन) इजरायली सफलताको रहस्य रहेको, नेपालमा कृषि, सुचना प्रविधि, मेडिकल लगायतका क्षेत्रमा पर्याप्त सम्भावना रहेकोले त्यस क्षेत्रमा लगानी निम्ति आफुले इजरायली लगानीकर्ताहरुलाई सुझाउने बताउँदै राजदुत मायरले नेपालमा केन्द्रीय बैकभन्दा पुरानो र देशकै अगुवा बैकको रुपमा रहेको नेपाल बैक लिमिटेडको मानव संशाधन विकास निम्ति तालीम प्रशिक्षणका क्षेत्रमा सहयोग गर्ने तत्परता प्रकट गरे ।

यसअघि नेपाल बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले स्वागत मन्तव्यका क्रममा भौगोलिक जटिलताका वावजुद नेपालको परममित्र इजरायलले हासिल गरेको चौतर्फि सफलता हामी सबैको निम्ति प्रेरणाप्रद रहेको बताउँदै हर क्षेत्रको विकासमा वामे सर्दै गरेको नेपालमा कार्यरत नेपालकै अगुवा बैंक नेपाल बैंक लिमिटेडले ईजरायलबाट मानव संशाधन विकास निम्ति तालीमका क्षेत्रमा सहयोगको अपेक्षा गरेको बताएका थिए ।

सो अवसरमा बैकका नायव महाप्रवन्धक कृष्ण वहादुर अधिकारीले नेपाल बैक लिमिटेडको स्थापना, विकासक्रम र गतिविधिबारे प्रकाश पारेका थिए । सोही  अवसरमा बैकका प्रमुख कार्यकारी अधिकृत शाह र राजदुत मायरका बीच उपहार आदान प्रदान भएको थियो । बैकको तालीम विभागका प्रवन्धक अश्विन कुमार पुडासैनीको सहजिकरणमा सम्पन्न उक्त कार्यक्रममा बैकका नायव प्रमुख कार्यकारी अधिकृत दुर्गाराज रेग्मी, नायव महाप्रवन्धकहरु राजुनाथ खनाल, श्यामसुन्दर कंडेल, का.मु.नायव महाप्रवन्धक डिल्लिराम शर्मा, मुख्य प्रवन्धकद्वय लक्ष्मण पौडेल, विश्वराज वराल, प्रेस संयोजक मुकुन्द अर्याल लगायतको समुपस्थिति थियो ।                                                             

Ad