Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनआईसी एशिया बैंकको नयाँ शाखा मुगुको गमगढिमा

२०७४ असार १९ गते

एनआईसी एशिया बैंकले छायाँनाथ रारा नगरपालिका २, गमगढि, मुगुमा नयाँ शाखा विस्तार गरेको छ । आज (असार १९ गते) एक समारोहका बिच छायाँनाथ रारा नगरपालिकाका मेयर तथा मुगु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरिजंग शाही एवं मुगु उद्योग बाणिज्य संघका महासचिव नृपेन्द्र बहादुर मल्लले संयुक्त रुपमा उक्त शाखाको विधिवत् समुद्घाटन गरे ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । हाल यस बैंकको अधिराज्यभर ११५ शाखा कार्यालयहरु संचालनमा रहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

Ad